Logo

२०८२ फाल्गुण २४ गते आइतवार

२०८२ फाल्गुण २४ गते आइतवार

संसद विघटन नगर्ने हो भने विश्वासको मत दिनुस्– प्रधानमन्त्री ओली

संसद विघटन नगर्ने हो भने विश्वासको मत दिनुस्– प्रधानमन्त्री ओली


  • 7.5K
    Shares

    संसद विघटन नगर्ने हो भने विश्वासको मत दिनुस्– प्रधानमन्त्री ओली

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई विश्वासको मत दिएर पाँच वर्षसम्म सरकार चलाउन दिन आग्रह गरेका छन्।

    सोमबार प्रतिनिधिसभामा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै उनले भने, ‘संविधान बनाउँदाको मर्म सम्झिनु भो। पाँच वर्ष चलाउन पाइएन भन्नु भो। ठीकै छ। पाँच वर्ष चलाऔं। विश्वासको मत दिनुस्। पाँच वर्ष नै चलाउन भनेरै मैले राजीनामा दिइनँ। नत्र त दुई वर्षमै राजीनामा दिइहाल्थेँ नि।’

    उनले सांसदहरू विश्वासको मत नदिएर आफै संसद विघटनतिर लैजान खोजेको आरोपसमेत लगाए। ‘पाँच वर्षसम्म सरकार चलाउने संस्कार बसाल्न पनि मलाई मतदान गर्नुहोस्,’ ओलीले भने, ‘भनेकै छु त मत दिनुस् भनेर। विश्वासको मत दिनुस् संसद विघटन हुँदैन।’

    प्रकाशित मिति :बैशाख २७ २०७८ सोमवार - १७:०४:०४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij