२०८२ भाद्र २ गते सोमवार
जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले केपी ओलीलाई प्रधानमन्त्रीबाट आजै विदा गर्नुपर्ने ४ कारण औँल्याएका छन् ।
भट्टराईले सामाजिक सञ्जालमा प्रतिक्रिया दिँदै ओली असफल भएकाले जसरी उनलाई सरकारबाट विदा गर्नुपर्ने बताएका हुन् ।
पूर्व प्रधानमन्त्री समेत रहेका भट्टराईका अनुसार ओलीलाई आजै विदाई गर्नुपर्ने प्रमुख कारण यी हुन्
१) कोरोना नियन्त्रणमा पूर्ण असफल रहेको ।
२) संविधान विपरित संसद विघटन गरेर, दुईतिहाइ नजिकको बहुमत खेर फालेर देशलाई अस्थिरतामा धकेलेको ।
३) संवैधानिक अंग लगायत राज्यका सबै अंग कब्जा गरेर लोकतन्त्र धरापमा पारेको ।
४) खोप र औषधि खरिदमा समेत भ्रष्टाचार गरेको ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij