Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

जसपा नेताले प्रधानमन्त्रीलाई भने–हाम्रा माग सम्बोधन भएका छैनन्, विश्वासको मत दिँदैनौं

जसपा नेताले प्रधानमन्त्रीलाई भने–हाम्रा माग सम्बोधन भएका छैनन्, विश्वासको मत दिँदैनौं


  • 6.3K
    Shares

    जसपा नेताले प्रधानमन्त्रीलाई भने–हाम्रा माग सम्बोधन भएका छैनन्, विश्वासको मत दिँदैनौं

    काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीप्रति नरम मानिएको जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने बताएको छ। आइबार प्रधानमन्त्री ओलीसँग भएको छलफलमा नेताद्वयले आफूले विश्वासको मत नदिने जानकारी गराएका हुन्।

    आफूहरुको माग सम्वोधन नभइसकेको भन्दै जसपा वरिष्ठ नेता राजेन्द्र महताले आफूहरुले विश्वासको मत नदिने र तटस्थ बस्ने बताएका थिए। प्रधानमन्त्री ओलीले भोलि (सोमबार) संसदमा विश्वासको मत लिँदैछन्।

    त्यसको अघिल्लो दिन जसपा नेताहरुले प्रधानमन्त्री ओलीसँग छलफल गरेका थिए। प्रधानमन्त्री ओलीले विश्वासको मत के गर्नुहुन्छ भन्ने विषयमा चासो राखेपछि जसपा नेताहरुले आफूहरुले विश्वासको मत नदिने बताएको बैठकमा सहभागी एक नेताले जानकारी दिए।

    ‘प्रधानमन्त्रीले विश्वासको मत के गर्नुहुन्छ भनेर सोध्नु भयो, उहाँले विश्वासको मत माग्नु भएन,’ अध्यक्ष ठाकुर निकट स्रोतले भन्यो, ‘हामीले अहिले विश्वासको मत दिन सक्दैनौं, हामी तटस्थ बस्छौं भन्यौ।’

    जसपाले एमाले एकजुट नभएको र आफूहरुसँग निर्णायक संख्या नभएको भन्दै विश्वासको मत नदिने बरु तटस्थ बस्ने नीति लिएको हो। त्यसो गर्दा जसपाभित्रको विवाद थप नचर्किने र पार्टी विभाजनबाट रोकिने जसपा नेताहरुको विश्वास छ।

    प्रधानमन्त्री ओलीसँग छलफल गर्नु अघि ठाकुर र महतोले कांग्रेस सभापति शेरबहादुर देउवासँग करिव डेढ घण्टा छलफल गरेका थिए। उनीहरुले पनि कांग्रेस सभापतिसँग पनि आफूहरु तटस्थ बस्ने जानकारी गराएका थिए।

    छलफलमा अध्यक्ष ठाकुरले देउवालाई कांग्रेसले समर्थन पनि नगर्ने अविश्वासको प्रस्ताव पनि नल्याएर प्रधानमन्त्रीलाई नै सहयोग गरिरहेको टिप्पणी गरेका थिए। ‘अहिले नेकपा एमाले एकजुट छैन,’ ठाकुरको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘हामीसँग निर्णयक संख्या छैन। अहिले जसपाले कुनै निर्णय गरिसकेको पनि छैन। हामी तटस्थ बस्ने संभावना बढी छ।’

     

    प्रकाशित मिति :बैशाख २६ २०७८ आइतवार - १३:०३:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij