Logo

२०८२ माघ ७ गते बुधवार

२०८२ माघ ७ गते बुधवार

आगजनीले यातायातको सर्भर ध्वस्त, नागरिक एपबाट सवारी चालक अनुमतिपत्र सम्बन्धी फिचर नै गायब

आगजनीले यातायातको सर्भर ध्वस्त, नागरिक एपबाट सवारी चालक अनुमतिपत्र सम्बन्धी फिचर नै गायब


  • 1.3K
    Shares

    आगजनीले यातायातको सर्भर ध्वस्त, नागरिक एपबाट सवारी चालक अनुमतिपत्र सम्बन्धी फिचर नै गायब

    काठमाडौं । नागरिक एपबाट सवारी चालक अनुमतिपत्र सम्बन्धी फिचर नै गायब भएको छ । यसअघि त्यसमा सवारी चालक अनुमति पत्रको अप्सन रहेको थियो ।

    २३ र २४ भदौमा भएको जेनजी पुस्ताको आन्दोलनको क्रममा मीनभवनमा रहेको यातायात व्यवस्था विभागको भवनमा तोडफोड र आगजनी हुँदा केन्द्रीय सर्भरसहितका सबै सामग्री ध्वस्त भएका छन्  भने सर्भर नै ध्वस्त भएपछि नागरिक एपमा रहेको ड्राइभिङ लाइसेन्समा समेत त्यसको असर परेको छ । 

    ट्राफिक प्रहरीले कुनै कसुरमा सवारी चालकलाई कारबाही गर्नुपरे नागरिक एपमा रहेको क्यूआर कोडलाई आधार बनाउन सकिन्थ्यो । सवारी चालकले गरेका गल्ती र जरिबाना रकम तिरे नतिरेको रेकर्डसमेत हेर्न सकिन्थ्यो भने अहिले सवारी चालक अनुमतिपत्रको अप्सन नै हराएको छ । 

    यातायात सम्बन्धी सबै विवरणसहितको केन्द्रीय सर्भर विभागको मीनभवन कार्यालयमै थियो तरकेन्द्रीय सर्भर नै ध्वस्त भएपछि यातायात कार्यालयहरूमा ‘EDLVRS System’चलेको छैन । 

    देशभरका यातायात कार्यालयहरूले उक्त प्रणाली नचलेकाले अर्को सूचना प्रकाशित नभएसम्मका लागि सेवा स्थगित गरेका छन् । मुख्य सर्भर नै ध्वस्त भएसँगै नागरिक एपबाट लाइसेन्सको अप्सन हटेको हो । 

     

     

    प्रकाशित मिति :भाद्र ३० २०८२ सोमवार - ११:३४:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij