२०८३ श्रावण २८ गते बिहिवार
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आफ्ना ग्राहकको विवरण अद्यावधिक (केवाईसी) गर्ने प्रक्रिया सुरु गरेको छ । ग्राहकलाई विद्युत् आपूर्ति सम्बन्धी सूचना सहज रूपमा उपलब्ध गराउने उद्देश्यले प्राधिकरणले केवाईसी प्रणाली सञ्चालनमा ल्याएको हो ।
प्राधिकरणका अनुसार अब ग्राहकले कार्यालय धाउनुपर्ने छैन । अनलाइन माध्यमबाटै आफ्नो विवरण अद्यावधिक गर्न सकिने व्यवस्था गरिएको छ । ग्राहकले https://kyc.nea.org.np मार्फत आवश्यक विवरण भरेर केवाईसी अपडेट गर्न सक्नेछन् ।
प्राधिकरणका कामु कार्यकारी निर्देशक दीर्घायूकुमार श्रेष्ठले धेरै ग्राहकको विवरण उपलब्ध नहुँदा विद्युत् कटौती, मर्मत तथा अन्य आवश्यक सूचनाहरू प्रवाह गर्न समस्या हुने गरेको बताए ।
उनका अनुसार नयाँ प्रणालीमार्फत ग्राहकको सही विवरण संकलन भएपछि विद्युत् सेवा सम्बन्धी सूचना समयमै र प्रभावकारी रूपमा सम्प्रेषण गर्न सहज हुनेछ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij