Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

मध्यरातमा श्रेष्ठको घरबाट ल्यापटप र मोबाइल जफत, जनआस्थाको कार्यालयमा छापा मार्ने तयारी, पत्रकार आन्दोलित

मध्यरातमा श्रेष्ठको घरबाट ल्यापटप र मोबाइल जफत, जनआस्थाको कार्यालयमा छापा मार्ने तयारी, पत्रकार आन्दोलित


  • 582
    Shares

    मध्यरातमा  श्रेष्ठको घरबाट ल्यापटप र मोबाइल जफत, जनआस्थाको कार्यालयमा छापा मार्ने तयारी, पत्रकार आन्दोलित
    images

    काठमाडौँ । बुधबार साँझ पक्राउ परेका ‘जनआस्था’ साप्ताहिका सम्पादक एवं प्रकाशक किशोर श्रेष्ठको नख्खुस्थित निवासमा प्रहरीले मध्यरातमा छापा मारेको छ।

    पारिवारिक स्रोतका अनुसार छापा मार्ने क्रममा प्रहरी टोलीले घरमा रहेका ल्यापटप, कम्प्युटर तथा मोबाइल फोन नियन्त्रणमा लिएको छ। कुसुन्तीस्थित निवास नजिकैबाट पक्राउ परेका श्रेष्ठलाई जिल्ला प्रहरी परिसर काठमाडौँ लगिएलगत्तै प्रहरीले उनको निवासमा पुगेर विद्युतीय उपकरण जफत गरेको हो।

    निवासमा छापा मारेपछि प्रहरीको टोली ललितपुरको ठाडोढुङ्गास्थित ‘जनआस्था’ को कार्यालयमा जाने तयारीमा छ। मिडिया हाउसमा प्रहरी प्रवेश गरी छापा मार्ने तयारी गरेपछि पत्रकार भने विरोध गरेका छन्।

    “मिडिया हाउसमा गैरकानुनी रूपमा छापा मार्न पाइँदैन” भन्दै प्रेस स्वतन्त्रता र व्यावसायिक अधिकारको रक्षाका लागि विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकार ठाडोढुङ्गास्थित जनआस्थाको कार्यालयमा पुगेका छन्। प्रेस काउन्सिल नेपालका पूर्व अध्यक्ष समेत रहेका श्रेष्ठलाई व्यक्तिगत गोपनीयता उल्लङ्घन सम्बन्धी मुद्दामा अदालतबाट अनुमति लिएर पक्राउ गरिएको प्रहरीले जनाएको छ।

    कानुनी प्रक्रिया मिचेर रातारात घर तथा मिडिया हाउसमा छापा मार्ने प्रहरी कदमको पत्रकार सम्बद्ध विभिन्न सङ्घ-संगठनले विरोध गरेका छन्।

    श्रेष्ठलाई प्रहरीले पक्राउ गरेपछि पत्रकारिता क्षेत्र आन्दोलित बनेको छ। समाचार प्रकाशनकै आधारमा उहाँलाई नियन्त्रणमा लिइएको भन्दै विभिन्न सञ्चार सम्बद्ध सङ्घ-संस्थाहरूले कडा विरोध जनाएका छन्।

    ललितपुरको नख्खुस्थित निवासबाट बुधबार साँझ पक्राउ परेका श्रेष्ठलाई हाल काठमाडौँ प्रहरी परिसरको हिरासतमा राखिएको छ। पक्राउको खबरलगत्तै नेपाल पत्रकार महासङ्घकी अध्यक्ष निर्मला शर्मा, प्रेस चौतारी नेपालका अध्यक्ष गणेश पाण्डेलगायतका पत्रकार तथा सञ्चारकर्मी काठमाडौँ प्रहरी परिसर टेकु पुगेका थिए।

    समाचारप्रति असहमति वा चित्त नबुझेमा प्रेस काउन्सिल नेपाल वा स्थापित कानुनी विधि र प्रक्रियाबाट समाधान खोज्नुको सट्टा सिधै सम्पादकलाई नै धरपकड गर्नु प्रेस स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप भएको पत्रकारहरूको ठहर छ। यस्ता कार्यले प्रेसमाथि डर र दबाबको वातावरण सिर्जना गर्ने भन्दै महासङ्घसहितका संस्थाहरूले सरकार र सुरक्षा निकायको ध्यानाकर्षण गराएका छन्।

    images
    प्रकाशित मिति :श्रावण २८ २०८३ बिहिवार - ०७:१८:५६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij