Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

महसुल तिर्ने ग्राहकलाई नेपाल टेलिकमको विशेष छुट

महसुल तिर्ने ग्राहकलाई नेपाल टेलिकमको विशेष छुट


  • 820
    Shares

    महसुल तिर्ने ग्राहकलाई नेपाल टेलिकमको विशेष छुट
    images

    काठमाडौं । नेपाल टेलिकमले कम्पनीका सेवा प्रयोग गरे वापत तिर्नुपर्ने महशुल तिर्न बाँकी ग्राहकहरुका लागि छुटको व्यवस्था गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै आर्थिक वर्ष ०८०\८१ सम्मको बक्यौता रकम २०८३ पौष मसान्तसम्म भुक्तानी गरेमा सोमा लाग्ने जरिवाना छुट प्रदान गरिएको बताएको छ ।

    कम्पनीले नजिकको दूरसञ्चार कार्यालयमा गई अवसरको सदुपयोग गर्न सम्बन्धित सबै ग्राहकहरुलाई अनुरोध समेत गरेको छ । यसका साथै कम्पनीलाई भुक्तानी गर्नुपर्ने बाँकी बक्यौता भुक्तानी नगर्ने ग्राहकहरुको नाम नामेसी सहितको विवरण कम्पनीको वेबसाइट तथा पत्रिकामार्फत सार्वजनिक सूचना प्रकाशन गरी असुली प्रक्रिया अगाडि बढाइने समेत कम्पनीले जानकारी दिएको छ ।

    नेपाल टेलिकमका विभिन्न प्रकारका सेवा उपयोग गरे वापत तिर्नुपर्ने महशुल नतिर्ने ग्राहकहरुलाई लक्षित गरी यस्तो छुट उपलब्ध गराइएको हो । यसबाट ग्राहकवर्ग समेत लाभान्वित हुने र कम्पनीको बक्यौता रकम समेत असुल उपर हुने विश्वास गरिएको छ ।

    नेपाल टेलिकमले महशुल तिर्न बाँकी ग्राहकहरुका लागि छुटको व्यवस्था गरेकोले यसको वारेमा समाचार प्रकाशित गरिदिनु हुन अनुरोध छ । गोरखापत्रमा प्रकाशित सूचना समेत संलग्न गरिएको छ । यसलाई आफ्नै तरिकाले मिलाएर पनि सकारात्मक रुपमा प्रकाशन गर्न सकिने छ । 

    pic.png

    images
    प्रकाशित मिति :श्रावण २० २०८३ बुधवार - १४:२१:३४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij