२०८३ श्रावण २८ गते बिहिवार
काठमाडौं । एनसेलले प्रिपेड ग्राहकलाई लक्षित गर्दै ‘मनसुन अफर’ सार्वजनिक गरेको छ। अफरअन्तर्गत योग्य प्याक एक्टिभेट गर्ने वा नयाँ प्रिपेड सिम खरिद गर्ने ग्राहकले ५ प्रतिशतदेखि २० प्रतिशतसम्म तत्काल क्यासब्याक प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार यो सुविधाको लाभ लिन ग्राहकले ५० रुपैयाँ वा सोभन्दा बढी मूल्यको योग्य प्याक एक्टिभेट गर्नुपर्नेछ। प्याक एक्टिभेट भएपछि ग्राहकले रिवार्ड पुष्टि गर्ने एसएमएस प्राप्त गर्नेछन् र क्यासब्याक रकम एनसेल एपमा रहेको खातामा जम्मा हुनेछ। प्राप्त रिवार्ड २४ घण्टाभित्र दाबी गर्नुपर्ने तथा जारी भएको एक साताभित्र प्रयोग गरिसक्नुपर्ने व्यवस्था गरिएको छ।
एनसेलका अनुसार प्रत्येक योग्य प्याक खरिदमा क्यासब्याक प्राप्त गर्न सकिनेछ। रिवार्ड नगदमा साट्न वा अन्य व्यक्तिलाई हस्तान्तरण गर्न भने मिल्ने छैन। तर, योग्य प्याक वा सिम खरिद गर्दा प्राप्त हुने रिवार्ड ग्राहकले जम्मा गरेर प्रयोग गर्न सक्नेछन्।
अफरअनुसार ५० देखि ९९ रुपैयाँसम्मको प्याक खरिदमा ५ प्रतिशत, १०० देखि २०० रुपैयाँसम्मको प्याकमा १० प्रतिशत, २०१ देखि ४९९ रुपैयाँसम्मको प्याकमा १५ प्रतिशत तथा ५०० रुपैयाँ वा सोभन्दा माथिको प्याक एक्टिभेट गर्दा २० प्रतिशतसम्म क्यासब्याक उपलब्ध हुनेछ।
एनसेलका चिफ कन्ज्युमर बिजनेस अफिसर उपाङ्ग दत्तले ग्राहकलाई थप मूल्य प्रदान गर्ने उद्देश्यले यो योजना ल्याइएको बताए। उनका अनुसार प्रत्येक प्याक खरिदलाई अझ लाभदायी बनाउँदै ग्राहकलाई एनसेल एपमार्फत उपलब्ध विभिन्न सेवा र साझेदारका सुविधासँग जोड्ने लक्ष्य कम्पनीको रहेको छ।
उनले एनसेल एपमार्फत हिमालयन जाभा, ट्रिप टर्बो, अल्टिमा लगायतका साझेदारबाट उपलब्ध हुने विभिन्न विशेष सुविधा तथा अफरको लाभ पनि ग्राहकले लिन सक्ने बताए।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij