Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

रोल्पामा पहिरोले घर सहित गोठ पुरिँदा २ जनाको मृत्यु

रोल्पामा पहिरोले घर सहित गोठ पुरिँदा २ जनाको मृत्यु


  • 309
    Shares

    रोल्पामा पहिरोले घर सहित गोठ पुरिँदा २ जनाको मृत्यु
    images

    काठमाडौं । अविरल वर्षाका कारण पहिरो जाँदा यहाँस्थित थबाङ गाउँपालिका–५ बोटलबारामा घर सहित गोठ पुरिँदा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । 

     जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा थबाङ –५ बोटलबाराका १८ वर्षीया शान्ति पुन मगर र सोही स्थानका ६०वर्षीय   कमलबहादुर पुन मगर छन् भने घाइते हुनेमा सोही स्थानका २२ वर्षीय हिमाल पुन मगर र २५ वर्षीय सञ्जय घर्ती मगर  छन् ।  

    कार्यालयले दिएको जानकारी अनुसार यही साउन २७ गते दिउँसोदेखि परेको अविरल वर्षाका कारण पहिरो जाँदा घर सहित  गोठ पुरिएरका थिए ।  गए राति घटनास्थलमा प्रहरी टोली पुगेको थिए ।  प्रहरी र स्थानीयवासीको सहयोगमा घाइते उद्धार गरी उपचारार्थ स्वास्थ्य सस्थामा पठाइएको र दुवैको अवस्था गम्भीर रहेको जनाइएको छ । घटनाको थप विवरण आउन वाँकी रहेको प्रहरीले जनाएको छ । प्रहरीको  प्रारम्भिक अनुमान अनुसार पहिराबाट छ  घर /गोठ क्षति पुगेको छ । 

    images
    प्रकाशित मिति :श्रावण २८ २०८३ बिहिवार - ०७:२८:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij