२०८२ आश्विन २६ गते आइतवार
काठमाडौं । गत सोमबार र मंगलबारको जेनजी पुस्ताका युवाहरूले गरेको प्रदर्शनका क्रममा काठमाडौंस्थित मुख्य कार्यालय ‘एनसेल आइकम’ सहित देशभरका कार्यालयहरूमा भएको क्षतिप्रति दुस्ख व्यक्त गर्दै एनसेलले फेरि उठ्ने बताएको छ ।
उक्त प्रदर्शनमा महेन्द्रनगर, धनगढी र पोखरास्थित क्षेत्रीय कार्यालयहरूमा गम्भीर क्षति पुगेको छ ।
जारी सूचनामा भनिएको छ, सङ्कटको समयमा सहज रूपमा सेवाको उपलब्धता सुनिश्चित गर्नका लागि हामीले तीन दिनसम्म निःशुल्क लोकल भ्वाइस कल, एसएमएस र इन्टरनेट सेवा उपलब्ध गरायौँ ।
एनसेलले अझै दृढ सङ्कल्प र सहनशीलताका साथ देश र जनताको सेवा गर्ने आफ्नो प्रतिबद्धता पुनः दोहोर्याएको छ । एनसेलले कर्मचारी, ग्राहक र जनसमुदायसँग काँधमा काँध मिलाएर उभिएका उल्लेख गर्दै साथ, समर्थन तथा ऐक्यबद्धताप्रति आभार व्यक्त गरेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij