Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

एमाले स्थायी कमिटी बैठक सकिएलगत्तै राष्ट्रपति भेट्न प्रम ओली शीतल निवासतिर, ५ बजे आकस्मिक मन्त्रिपरिषद् बैठक

एमाले स्थायी कमिटी बैठक सकिएलगत्तै राष्ट्रपति भेट्न प्रम ओली शीतल निवासतिर, ५ बजे आकस्मिक मन्त्रिपरिषद् बैठक


  • 6.2K
    Shares

    एमाले स्थायी कमिटी बैठक सकिएलगत्तै  राष्ट्रपति भेट्न प्रम ओली शीतल निवासतिर, ५ बजे आकस्मिक मन्त्रिपरिषद् बैठक

    काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपतिलाई भेट्न शीतलनिवास पुगेका छन् । 

    बालुवाटारमा बसेको एमालेको स्थायी कमिटी बैठकलगत्तै ओली शीतलनिवास पुगेका हुन् । अहिले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री ओलीबीच छलफल चलिरहेको छ ।

    यसैबीच, बिहीबार बिहान बालुवाटारमा एमाले स्थायी कमिटी बैठकले बागमती प्रदेशमा हुन गइरहेको राष्ट्रिय सभाको उपनिर्वाचनमा आफ्नो तर्फको उम्मेदवारको जित सुनिश्चित गर्नेगरी छलफल अगाडि बढाउने निर्णय गरेको छ । बैठकमा जेठ ६ गते हुन गइरहेको निर्वाचनका विषयमा छलफल गरेको प्रवक्ता प्रदीप ज्ञवालीले बताए ।

    ‘यो निर्वाचनमा नेकपा एमालेको उम्मेदवारलाई जिताउने गरी र जित सुनिश्चित हुनेगरी यसका तयारी गर्नका लागि नेताहरुले विभिन्न सुझावहरु दिनुभएको छ’, उनले भने, ‘हामीले तदनुरुप नै विभिन्न जनप्रतिनिधिहरुसँग कुराकानी गर्ने, कुराकानी अगाडि बढाउने र जितलाई सुनिश्चित हुनेगरी छलफललाई अगाडि बढाउने निर्णय गरेका छौं ।’

    प्रधानमन्त्री तथा एमाले अध्यक्ष उपनिर्वाचनमा आफ्नो उम्मेद्‌वार भनेर यसअघि रामबहादुर थापा 'बादल'को नाम घोषणा गरेका थिए । तर, बिहीबारको बैठकपछि भने उम्मेदवार पछि टुंगो लगाउने प्रवक्ता ज्ञवालीले बताए । ‘उम्मेदवारको बारेमा हामी छिट्टै निर्णय गर्छौं’, उनले भने। 

    प्रधानमन्त्री केपी शर्मा ओलीले आज (बिहीबार) साँझ ५ बजेका लागि आकस्मिक रुपमा मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने छ ।

    विश्वासको मत लिने तयारीमा रहेका प्रधानमन्त्री ओलीलाई अपेक्षित मत प्राप्त नहुने अवस्था बने पछि मन्त्रिपरिषद् बैठक बस्न लागेको एक मन्त्रीले बताए । बैठक समाप्त भएसँगै अध्यक्ष ओली राष्ट्रपतिलाई भेट्न सितलनिवास पुगेका थिए । 

     

    प्रकाशित मिति :बैशाख २३ २०७८ बिहिवार - १२:४१:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij