Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

माधव नेपाल पक्षका २१ सांसदले ओलीलाई दिए यस्तो जानकारी

माधव नेपाल पक्षका २१ सांसदले ओलीलाई दिए यस्तो जानकारी


  • 6.8K
    Shares

    माधव नेपाल पक्षका २१ सांसदले ओलीलाई दिए यस्तो जानकारी

    काठमाडौं । नेकपा एमालेका माधव नेपाल समूहका २१ सांसदले राजीनामा दिन लागेको जानकारी प्रधानमन्त्री केपी शर्मा ओलीलाई गराएको छ । उक्त समूहले राजीनामा गर्न लागेको जानकारी गराएको प्रधानमन्त्री निकट स्रोतले पुष्टि गरेको छ ।

    बालुवाटार स्रोतले भन्यो,‘हामीलाई राजीनामा दिन लागेको जानकारी आएको छ । तर यो उहाँहरुको घुर्की मात्र हो ।’ राजीनामा दिन  लागेका सांसदहरु सबै माधव नेपाल र झलनाथ खनालसँग निकट हुन् ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले २७ वैशाखमा विश्वासको मत लिन लाग्दा नेकपा एमालेभित्र नयाँ घटना विकास हुन लागेको हो ।

    प्रतिनिधि सभामा सबैभन्दा ठूलो दल एमालेको हाल १२१ प्रतिनिधि सभा सदस्य संख्या छन् । नेपाल समूहका २१ प्रत्यक्ष निर्वाचितले राजीनामा दिएमा १०० मात्र बाँकी रहन्छ । त्यस्तो अवस्थामा ओलीको विश्वासको मत गुम्ने निश्चित प्रायः हुन्छ ।

    काँग्रेस, माओवादी केन्द्र र जसपाको उपेन्द्र यादव पक्ष मिलेर बहुमतको सरकार गठनको सम्भावना बलियो हुन्छ । जसका कारण ओली पदबाट हट्ने परिस्थिति निर्माण हुनसक्छ ।

     

    प्रकाशित मिति :बैशाख २१ २०७८ मंगलवार - १४:२२:३२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij