Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

प्रधानमन्त्री ओलीले नेपाल पक्षका थप तीन सांसदलाई सोधे स्पष्टीकरण

प्रधानमन्त्री ओलीले नेपाल पक्षका थप तीन सांसदलाई सोधे स्पष्टीकरण


  • 10.3K
    Shares

    प्रधानमन्त्री ओलीले नेपाल पक्षका थप तीन सांसदलाई सोधे स्पष्टीकरण

    काठमाडौं । एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका थप तीनजना सांसदहरुसँग स्पष्टीकरण सोधेका छन् । 

    अध्यक्ष तथा प्रधानमन्त्री ओलीका तर्फबाट एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले तीन सांसदलाई स्पष्टीकरण सोधेका हुन् ।

    सांसदहरु समिना हुसेन,  कलिला खातुन, गंगा चौधरीलाई स्पष्टीकरण सोधिएको कार्यालय सचिव तामाङले पुष्टि गरे । 
    ‘तीन जनालाई सोधिएको स्पष्टीकरणको जवाफ पनि आइसकेको छ । उनीहरुलाई चार दिनअघि स्पष्टिकरण सोधिएको थियो । अहिले उहाँहरुको स्पष्टीकरणको जवाफ अध्ययन भइरहेको छ’, तामाङले  भने ।

    स्पष्टीकरण सोधेका तीनै जना सांसदलाई पार्टी विधानसँगै अर्को पार्टीमा लाग्नु भएको हो रु भनेर प्रश्न गरिएको छ । 
    यसअघि एमालेले नेता माधवकुमार नेपालसहित प्रतिनिधि सभाका २७ र कर्णाली प्रदेशका ५ गरी ३२ सांसदलाई स्पष्टीकरण सोधेको थियो । 

    प्रकाशित मिति :बैशाख २० २०७८ सोमवार - १४:४३:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij