Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

लुत्त सम्पर्क बिहीन, फुत्त मन्त्री ! ‘केके तन्त्र आयो भन्छन् मलाई आया छैन... हामीलाई के नै सुख छ र ....’

लुत्त सम्पर्क बिहीन, फुत्त मन्त्री ! ‘केके तन्त्र आयो भन्छन् मलाई आया छैन... हामीलाई के नै सुख छ र ....’


  • 17.6K
    Shares

    लुत्त सम्पर्क बिहीन, फुत्त मन्त्री ! ‘केके तन्त्र आयो भन्छन् मलाई आया छैन... हामीलाई के नै सुख छ र ....’

     नेपालमा विद्यमान राजनीतिक संकट आगामी दिनमा झन् अस्थिरता र अनिश्चितता तर्फ उन्मुख हुने संकेत देखिन थालेको छ । नेपालजस्तो परनिर्भर राज्यको राजनीतिमा दृश्य शक्तिहरु भन्दा अदृश्य रुपमा खेल्नेहरु निर्णायक हुँदारहेछन् भन्ने पहिल्यै नदखिएको होइन, तर अहिले झन् दह्रो ढंगले यस्तो मान्यता स्थापित हुँदैछ । त्यसो त नेपालको सन्दर्भमा अदृश्य शक्तिले विभिन्न समयमा निर्णायक भुमिका खेलेको नजिर पहिल्यै स्थापित छन् । 
     प्रजातन्त्रको सुन्दर पक्ष भनेको जनताले पार्टी, नेता रोज्न पाउनु, आवधिक निर्वाचन हुनु र जनता स्वतन्त्रतापूर्वक बाँच्न पाउनु हो । यहाँ जोकोही ब्यक्तिले राजनीति गर्न सक्छ, नेता बन्न, सांसद बन्न, र मन्त्री बन्न सक्छ । तर नेतृत्व लायक हुनुपर्छ । तब मात्र देशले काँचुली फेर्न सक्छ । नेता शालिन होस्, भद्र होस् , नम्र होस्  जनता यही चाहान्छ्न । तर नेपालमा नेतृत्व पंक्तिमा पुगेका  माननीयहरुमा यी सबै कुराको खडेरी छ । यहाँ त भ्रष्टाचारी , दलाल, पक्षपाती, पुर्बाग्रही, गाली बेइजती, अनि एक अर्काको कुरा काट्ने, एकले अर्कालाई गाली गलौज गर्नेहरूको रजगज र हालीमुहाली छ ।
     हिजोका दिनमा पैसासंग सांसद पद साटिएको उदाहरणहरु कुनै नौला थिएन, तर आज फेरि त्यही प्रवृत्तीले प्रश्रय पाउनु विडम्वनाको विषय बनेको छ । यस्तो प्रवृत्ती हरेक पार्टीमा फेरिपनि दोहोरिने अवस्था देखिएको छ । कसै कसैले त मन्त्री पद समेत पैसासंग साँटेका थिए । यस्तै  नियमितताका कारण यहाँ राजनैतिक निष्ठा बोकेका, हर कुरामा दक्ष ब्यक्तिहरु सधै पछी परेका छन् । 
     चाकडी, चुक्ली र धनवान् ब्यक्तिहरुले पद र प्रतिष्ठा हात पारेका छन् । नेपालमा यस्ता किसिमका प्रक्रिया अहिले पनि  निरन्तर छ । अपराधी, गुन्डागर्दी गर्ने, फौजदारी मुद्दामा जेल सजाय भोगेकाहरु मन्त्री बन्न थालेका छन् । यहाँ राजनीति गरेर जेल जानुपर्छ भन्ने छैन । जुनसुकै धन्दा चलाएर भए पनि जेल जानू पर्ने रहेछ  । अर्को कुरा लुत्त सम्पर्क बिहीन भए पछि फुत्त मन्त्री पद पाइने रहेछ । त्यही पनि  यस्ता माननीयलाई जनताका मनले बहिस्कार गरेपनि मुखले माननीय भनिदिनु परेको छ ।  छिःछि नेपालको राजनीति, छिःछि नेपालको प्रजातान्त्र ।
     अहिले महिनौंदेखि नेकपाका अध्यक्षहरु छलफलमा ब्यस्त छन् । यता कोरोनाको महामारीमा जनता त्रसित छन् । यहीबेला मन्त्रालय टुक्र्याएर देश र जनताको समस्याको समाधान हुन्छ भनी खोक्रो भाषण लाउछन्, पार्टी प्रवेश गरेसङ्गै मन्त्री पाउँछन्, खोइ यहाँ त्यागको मूल्य ? खोइ यहाँ सिद्धान्त ? अनि यस्ता नेताले जनताप्रति किन उत्तरदायी बन्नु पर्यो । जनता सर्वोपरि हुनु प्रजातन्त्रको विशेषता हो । तर यहाँ त बाहुबल, पैसा चाकडी नै सर्बोपरी भएको छ । न त बुद्धि, न त दक्षता , न त क्षमता । नामै नसुनिएका ब्यक्तिहरु राजदुतमा नियुक्त हुन्छन् । अनि कसरी हुन्छ राजनीतिक मूल्य र मान्यताको विकास ? रुखले कार्बनडाइअक्साइड फाल्छ र मान्छेलाई बचाउछ भन्नेसम्मका भाषण यहाँ सुनिएको छ मन्त्रीहरूबाट । यो ज्ञान र बुद्धिको कस्तो दरिद्रता ?
     आफ्नै पार्टी, आफ्नै सरकार धेरै टिक्दैन भन्दै हिँड्छन् । गृहमन्त्री आफै अर्को जनआन्दोलन को खाँचो छ भन्दछन् अनि विगतमा गुण्डाको छवि बनाएकाहरू प्रदेशका मन्त्री नियुक्त हुन्छनु अब यिनीहरुबाट जनताले कस्तो राजनीतिक सँस्कारको अपेक्षा गर्ने ? जनताले अब के आशा गर्ने ? समाज परिवर्तनको लागि कस्ता योजनाहरु बन्लान् ? वास्तवमा मान्छेसँग जे छ, अर्थात् जे सिकेको छ त्यही दिने हो । मान प्रतिस्ठा परिवर्तन हुँदैन । स्वभाव र व्यबहार परिबर्तन हुन्छ भन्ने हँुदैन । त्यही पनि हामी आशा गर्छांैकी तिनीहरुमा सुधार आउला । व्यबहार र आचरण परिबर्तन गर्लान् र जनता सामु एक योग्य उदाहरणीय मन्त्रीका रुपमा प्रस्तुत होलान् । त्यसो त बिगतमा राम्रो भएकाहरुले पनि कहाँ राम्रो गर्न सकेका छ्न र ? मन्त्री हुँदा पनि । तसर्थ उनको लागि यो जिवनकै एउटा महत्वपूर्ण मोड बनोस्, आचरण र व्यबहारमा परिवर्तन आओस्  सुभेच्क्षा अनि शुभकामना !
     सांसद र मन्त्रीहरुको लज्जाजनक व्यबहार र प्रस्तुतिले गर्दा जनतामा प्रजातन्त्रप्रति नै वितृष्णा पैदा भएको छ । जहाँ पात्र र प्रवृती सधंै उही वा उस्तै देखिएको छ । अहिलेको यो राजनीतिक अस्थिरता देख्दा  जनता निरास भइसके । यस्तै हो भने एउटा बैकल्पिक शक्तिको उदय अवश्य हुनेछ । चाहे राम्रो होओस्, चाहे नराम्रो होस्  । जे भए पनि आजका दिनसम्म जनताले सधंै सास्ती पाइरहेका छन् । चाहे प्रजातन्त्र, लोकतन्त्र वा गणतन्त्र जेजे आए पनि अब अरु केही सहारा भएन जनताका लागि । त्यसैले अब राजनेता, मन्त्रीमा अग्निको जस्तो इच्छा शक्ति, इन्द्रको जस्तो स्पष्ट सोच, बायुको जस्तो ऊर्जा , पानीको जस्तो बुद्धि , सरस्वतीको जस्तो विवेक र प्रेरणा भगवानले दिउन् । वर्ष परिबर्तन भएजस्तै नेताहरु पनि नमूनाका रुपमा परिवर्तन होउन्  भन्ने जनता भन्न चाहान्छन् । होइन भने त जनताले यही गीत गाईरहनु पर्ने भयो – ‘ केके तन्त्र आयो भन्छन् मलाई आया छैन, हामीलाई के नै सुख छ र ....’– प्रकाश सपुत ।

    प्रकाशित मिति :बैशाख १९ २०७८ आइतवार - १६:४६:१० बजे
    प्रतिक्रिया

    विष्णु चुडाल

    writer

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij