२०८२ भाद्र १४ गते शनिवार
काठमाडौं । फिल्म प्रदर्शनको तिथि नजिकिएसँगै निर्देशकको मुटुको चाल पनि बढ्छ । अलिकति उत्साह, अलिकति सन्देह, अलिकति डर, अलिकति तनाव । यी सबैको एकमुष्ठ प्रभावले निद हराम हुन्छ । यो भनाइ, भोगाइ र आम बुझाइ हो । हामीले बुझेका यही कुरा सोधेका थियौँ, नविन चौहानलाई ।
कान्छो छिमलका यी निर्देशकले अपेक्षाभन्दा फरक जवाफ दिए । उनले ढुक्कसँग यसो भने, ‘म त एकदमै एक्साइटेड पो छु । कहिले २६ गते आउँला र फिल्म देखाउँला भन्ने हतारोमा छु ।’
यो आत्मविश्वासको पछाडि उनको मेहनत, लगाव र रचनाशिल्पले कति काम गरेको छ रु त्यो त सिनेमाको अंकगणितले बताउँला । तर समाजको मनोविज्ञानलाई नविन चौहानले जति सुक्ष्म रुपले बुझेका छन् त्यसको प्रतिछायाँ उनको सिर्जनामा पक्कै पर्नेछ । यसअघि आर्टमान्डुबाट बनेका जति पनि सांगीतिक दृश्यकथा छन्, त्यसले उनको खुबी देखाइसकेको छ ।
अब कुरा गरौं, प्रदर्शोन्मुख फिल्म ऊनको स्वीटरको । पाँचथर–इलामको सेरोफेरोमा जन्मी हुर्केका नविनले आफ्नो मगजमा ‘ऊनको स्वीटर’ बोकेर हिँडेको वर्षौं भयो । त्यो उनको छुटेको स्मृतिहरूको संगालो हो । उनले गुजारेको समय, उनले भोगेको समाज र उनले देखेको परिवेशको सग्लो चित्र हो ।
‘मलाई मेरो समाजको कथा भन्नुछ’ भन्दै हिँडिरहँदा नविनले यसको कथा कसरी बुने रु उनीसँग हामीले सिनेमा निर्माणको प्रक्रियाबारे जान्न खोज्यौँ ।
‘जब फिल्मको नाम ऊनको स्वीटर राख्ने भनी टुंगो गरियो त्यसपछि छायांकनका लागि पाँचथर छनौट भयो’ उनले सुनाए, ‘किनभने त्यो भूगोल र त्यहाँको संस्कृति, रहनसहनसँग म भिजेको थिएँ ।’
समाजमा अनगिन्ती कथाको चाङ मात्र छैन, त्यहाँ जन(जीविकाका अनेक ढंग छन् । अनेक रंग छन् । अनेक धुन छन् । उनलाई के लाग्छ भने, समाजको अवयव नै सिनेमाका लागि सम्पूर्ण खुराक हुन् ।
हामीले यसपटक उनीसँग सिनेमा र समाजको अन्तरसम्बन्धबारे कुरा खोतल्यौं ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij