Logo

२०८३ बैशाख ९ गते बुधवार

२०८३ बैशाख ९ गते बुधवार

प्रदर्शनको दुई दिनअघि नै ‘परालको आगो’ को बुकिङ सुरु, दर्शकमा देखियो उत्साह

प्रदर्शनको दुई दिनअघि नै ‘परालको आगो’ को बुकिङ सुरु, दर्शकमा देखियो उत्साह


  • 498
    Shares

    प्रदर्शनको दुई दिनअघि नै ‘परालको आगो’ को बुकिङ सुरु, दर्शकमा देखियो उत्साह

    काठमाडौं । शुक्रबारबाट प्रदर्शनमा आउने फिल्म ‘परालको आगो’को अग्रिम टिकट बिक्री खुलेको छ। फिल्मको बुधबार बिहानदेखि देशभरका हलले अग्रिम बुकिङ खुलाएका हुन् ।

    अहिले देशव्यापी रुपमा फिल्मले एक सयभन्दा बढी शो पाएको छ । दर्शकको उत्साहलाई ध्यानमा राखी हलवालाले यो फिल्मलाई उच्च शो दिएका छन् । दर्शकको बुकिङको आधारमा शो थपघट हुनेछ ।

    गुरु प्रसाद मैनालीको अमर कृति ‘परालको आगो’बाट प्रेरित फिल्ममा सुहाना थापा, सौगात मल्ल, प्रकाश सपुत, सिर्जना अधिकारी, शंकर आचार्य, किशोर भण्डारी, ज्याक श्रेष्ठ, सरिता भण्डारी, रेणु न्यौपाने र बालकलाकार मन्जिला बानियाँलगायतको अभिनय छ ।

    हरि ॐ सिने मेकर्स प्रा।लिको ब्यानरमा निर्माण भएको यस फिल्म सुशील पोखरेलले निर्माण गरेका हुन् । सुलभी पोखरेल र सत्यम पोखरेल समेत निर्माता रहेको फिल्मलाई स्वदेशमा आर आर फिल्मसले वितरण गर्दैछन। 

     

    images
    प्रकाशित मिति :बैशाख ९ २०८३ बुधवार - १३:१४:४८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij