Logo

२०८३ बैशाख १३ गते आइतवार

२०८३ बैशाख १३ गते आइतवार

'परालको आगो' को दुई दिनको कमाइ कति ?

'परालको आगो' को दुई दिनको कमाइ कति ?


  • 666
    Shares

    'परालको आगो' को  दुई दिनको कमाइ कति ?

    काठमाडौं । शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म हो ‘परालको आगो’ फिल्मले प्रदर्शनको सुरुवाती दिन शुक्रबार ३८ लाख भन्दा बढीको ग्रस कलेक्सन गरेको छ । फिल्मको शनिबार त्यो भन्दा बढी व्यवसाय भएको निर्माता सुशील पोखरेल बताउँछन् ।

    फिल्ममा सुरुवात देखिनै दर्शक राम्रो देखिएपछि निर्माता पोखरेल शनिबार कलाकार सुहाना थापा, प्रकाश सपुत लगायत कलाकार लिएर दर्शक प्रतिक्रियाका लागि उपत्यकाका विभिन्न हलमा पुगेका थिए ।

    सो क्रममा दर्शकले फिल्म मन परेको प्रतिक्रिया दिएका थिए । दर्शकले सबैभन्दा बढी अभिनेत्री सुहाना थापाको अभिनय राम्रो लागेको बताएका छन् । कलाकारसहित निर्माण टोली हलमा पुग्दा दर्शकले घेरेर शेल्फी र तस्बिर समेत खिचाएका थिए ।

    दर्शकसँगको भेटमा अभिनेत्री सुहाना थापाले फेरि पनि यस्तै राम्रो फिल्मसहित आउने बाचा गरिन् भने अभिनेता सपुतले दर्शकको माया सधै मनभित्र राख्ने बताएका छन् ।  

    गुरुप्रसाद मैनालीको अमर कृति ‘परालको आगो’बाट प्रेरित फिल्ममा सुहाना  र प्रकाशको अलवा सौगात मल्ल, सिर्जना अधिकारी, शङ्कर आचार्य, किशोर भण्डारी, ज्याक श्रेष्ठ, सरिता भण्डारी, रेणु न्यौपाने र बाल कलाकार मन्जिला बानियाँ लगायतको अभिनय छ ।  

     

    images
    प्रकाशित मिति :बैशाख १३ २०८३ आइतवार - १३:३२:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij