Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

नेपाल इन्भेष्टमेण्ट मेगा बैंककाे नाफा साढे ४ अर्ब माथि, कस्ता छन् अन्य सूचक ?

नेपाल इन्भेष्टमेण्ट मेगा बैंककाे नाफा साढे ४ अर्ब माथि, कस्ता छन् अन्य सूचक ?


  • 1.9K
    Shares

    नेपाल इन्भेष्टमेण्ट मेगा बैंककाे नाफा साढे ४ अर्ब माथि, कस्ता छन् अन्य सूचक ?
    images

    काठमाडौं ।  नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमास (चैत मसान्त) सम्म ३ अर्ब १४ करोड ६७ लाख ६९ हजार रुपैयाँ खुद नाफा कमाएको छ।

    बैंकले सार्वजनिक गरेकाे अपरिष्कृत वित्तीय विवरण अनुसार खुद नाफामा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३०.६९ प्रतिशतले घटेकाे छ।

    गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ४ अर्ब ५४ करोड ५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

    समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी पनि ७.०८ प्रतिशतले घटेर ९ अर्ब ५७ करोड ९५ लाख ५८ हजार रुपैयाँ कायम भएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आम्दानी १० अर्ब ३१ करोड ४९ लाख २६ हजार रुपैयाँ थियो। यस्तै, बैंकको खुद फि तथा कमिसन आम्दानी पनि १४.९८ प्रतिशतले घटेर १ अर्ब ६३ करोड ११ लाख ३५ हजार रुपैयाँमा सीमित भएको छ।

    बैंकको कुल सञ्चालन आम्दानी समीक्षा अवधिमा ४.६७ प्रतिशतले घटेर १२ अर्ब १९ करोड ४३ हजार रुपैयाँ पुगेको छ। नाफामा गिरावट आउनुको एउटा मुख्य कारण बैंकको सञ्चालन मुनाफामा आएको कमी पनि हो, जुन २७.०३ प्रतिशतले घटेर ४ अर्ब ५२ करोड ९८ लाख २२ हजार रुपैयाँमा झरेको छ।

    विवरण अनुसार बैंकको वितरणयोग्य मुनाफा ३ अर्ब १० करोड ३० लाख ८५ हजार रुपैयाँ ऋणात्मक रहेको छ। बैंकको खराब कर्जा भने अघिल्लो वर्षको ४.९६ प्रतिशतबाट घटेर २.२८ प्रतिशतमा झरेको छ, जुन बैंकको लागि सकारात्मक पक्ष हो।

    नाफा घटेसँगै बैंकको प्रतिशेयर आम्दानी (ईपीएस) मा पनि गिरावट आएको छ। समीक्षा अवधिमा बैंकको प्रतिशेयर आम्दानी ५ रुपैयाँ ४५ पैसाले घटेर १२ रुपैयाँ २९ पैसा कायम भएको छ। यस्तै, बैंकको प्रतिशेयर नेटवर्थ १९९ रुपैयाँ ७२ पैसा र मूल्य आम्दानी अनुपात १७.१४ गुणा रहेको छ।

    हाल ३४ अर्ब १२ करोड ८५ लाख ९५ हजार रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा ३७ अर्ब १३ करोड ६४ लाख ३२ हजार रुपैयाँ सञ्चित छ। बैंकले चैत मसान्तसम्ममा ५ खर्ब २६ अर्ब ४० करोड ८८ लाख ५७ हजार रुपैयाँ निक्षेप संकलन गरी ३ खर्ब ९० अर्ब ८५ करोड ४९ लाख ५ हजार रुपैयाँ कर्जा परिचालन गरेको छ।

    images
    प्रकाशित मिति :बैशाख १५ २०८३ मंगलवार - १५:०४:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij