Logo

२०८३ बैशाख १२ गते शनिवार

२०८३ बैशाख १२ गते शनिवार

‘परालको आगो’ले पहिलो दिनमै कमायो ३७ लाख रुपैंया

‘परालको आगो’ले पहिलो दिनमै कमायो ३७ लाख रुपैंया


  • 582
    Shares

    ‘परालको आगो’ले पहिलो दिनमै कमायो ३७ लाख रुपैंया

    काठमाडौं । शुक्रबारदेखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘परालको आगो’ले पहिलो दिनमै सुखद ओपनिङ गरेको छ। फिल्मले प्रदर्शनको सुरुवाती दिन करिब ३७ लाख रुपैयाँभन्दा बढी ग्रस कलेक्सन गरेको निर्माता सुशील पोखरेलले जानकारी दिएका छन्।

    निर्माता पोखरेलका अनुसार शनिबार हलहरूमा दर्शकको चाप अझ बढेको छ, जसले दोस्रो दिनको व्यापार अझ राम्रो हुने अपेक्षा गरिएको छ। उनले पहिलो दिनको व्यापारप्रति खुशी व्यक्त गर्दै दर्शकबाट सकारात्मक प्रतिक्रिया आएको बताएका छन्।

    लक्ष्मण सुनार निर्देशित यो फिल्म गुरु प्रसाद मैनालीको चर्चित कृति ‘परालको आगो’बाट प्रेरित छ। फिल्ममा सुहाना थापा, सौगात मल्ल, प्रकाश सपुत, सिर्जना अधिकारीलगायत कलाकारको अभिनय रहेको छ। नेपालभर आरआर फिल्मसले वितरण गरेको फिल्मले सुरुवातमै राम्रो चर्चा बटुलेको छ।

    images
    प्रकाशित मिति :बैशाख १२ २०८३ शनिवार - १६:४३:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij