२०८२ मंसिर १२ गते शुक्रवार
काठमाडौं । नर्सरी व्यवसायी सङ्घको आयोजनामा काठमाडौंको भृकुटीमण्डपमा दोस्रो नेशनल हर्टिकल्चर एक्स्पो–२०८१ ले १ करोड २५ लाख रुपैयाँ कारोबार भएको छ ।
एक्स्पो ५१ हजारले अवलोकन गर्दा १ करोड २५ लाख रुपैयाँको कारोबार गरेको हो । नर्सरी व्यवसायी सङ्घका अध्यक्ष रामजीप्रसाद तिमिल्सिनाका अनुसार मेलामा सङ्घले राखेको लक्ष्य अनुसार कारोबार भएको बताएका छन् । एक्स्पोमा ७४ वटा व्यावसायिक स्टल, ३ वटा फुड स्टल, ७ वटा अफिसियल स्टल तथा प्रतिस्पर्धाको ५ वटा स्टलसहित ९ वटा स्टल रहेको थियो ।
एक्स्पोमा देशभरिको फलफूल नर्सरी, कृषि वन नर्सरी, पुष्प नर्सरी, तथा जडीबुटी नर्सरीको ७०० भन्दा बढी प्रजातिको बोटबिरुवाहरूको प्रदर्शनी तथा बिक्री वितरणको लागि राखिएको थियो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij