Logo

२०८२ आश्विन २७ गते सोमवार

२०८२ आश्विन २७ गते सोमवार

ओलीका मन्त्रीले पैसा असुल्न खप्पिस सहसचिवलाई बनाए डिजी, अब कहाँ कसरी हुन्छन् बिजी

ओलीका मन्त्रीले पैसा असुल्न खप्पिस सहसचिवलाई बनाए डिजी, अब कहाँ कसरी हुन्छन् बिजी


  • 8.2K
    Shares

    ओलीका मन्त्रीले पैसा असुल्न खप्पिस सहसचिवलाई बनाए डिजी, अब कहाँ कसरी हुन्छन् बिजी
    images

    काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गौरीशंकर चौधरीले घुस उठाएर बुझाउन तयार नभएपछि वैदेशिक रोजगार विभागका महानिर्देशक कुमारप्रसाद दाहाललाई सरुवा गरेको आरोप लागेको छ । 

    कोरोना महामारीले वैदेशिक रोजगार थला परेको र कतिपय मेनपावर व्यावसायीहरू कार्यालयको भाडा तिर्न नसकेर पलायन भएको अवस्थामा महानिर्देशक दाहालले घुस उठाएर बुझाउन नसकेको भनि उनले सरुवा गरेको आरोप लागेको छ । प्रधानमन्त्री केपी ओलीले सडकबाट टपक्क टिपेर मन्त्री बनाइएका चौधरीले अब चुनाव जित्ने सम्भावना क्षीण भएपछि जतिसक्दो उठौतीमा ध्यान केन्द्रित गरेको कर्मचारी श्रोत बताउछ ।

    श्रममन्त्री चौधरीले कतार प्रहरीमा नेपाली युवालाई भर्ती गर्नका लागि एसओएस मेनपावरलाई स्वीकृति दिने क्रममा करोडौं लेनदेन गरेको चर्चा छ । कतार प्रहरीमा एक हजारभन्दा बढी नेपाली युवाहरू भर्ती गर्ने तयारी छ । त्यसका लागि कालोसूचीमा परेको एसओएस मेनपावरलाई मन्त्री चौधरीले जिम्मा दिएको विषय नै रहस्यमय बनेको छ । एसओएस मेनपावरले कतार प्रहरीमा भर्ना हुने युवाहरूसँग प्रतिव्यक्ति १० लाखसम्म असुली गरेको श्रोतले बताएको छ । महानिर्देशक दाहालले एसओएस मेनपावरलाई कतारमा प्रहरीको माग स्वीकृति दिन नमानेपछि मन्त्री चौधरीले मन्त्रालयबाट उनलाई थाहै नदिई कालोसूची फुकुवा गरेका थिए । 

    त्यसो त ओली सरकारमा मन्त्री बनाइएका माओवादी पृष्ठभूमिका हरेक मन्त्रीको ध्यान कमाउधन्दामा केन्द्रित रहेको गुनासोहरू प्राप्त भएका छन् । प्रभु साहले सहरी विकास मन्त्रालयका हरेक नियुक्ति र ठेक्कापट्टामा हस्तपक्षेप गर्दै आएको गुनासो छ । अहिले महानिर्देशक बनेर गएका कृष्ण प्रसाद दवाडीले एक करोड मन्त्री चौधरीलाई बुझाएको एक मेनपावर ब्यबसायीले खबर सेन्टरलाई बताए। दवाडी शाखा अधिकृत र उपसचिव हुँदा लामो समय श्रम मन्त्रालयमा बसी सकेका व्यक्ति हुन्।

    प्रकाशित मिति :बैशाख ८ २०७८ बुधवार - १२:११:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij