२०८२ मंसिर १२ गते शुक्रवार
काठमाडौं । बिहीबार राष्ट्रियसभा अन्तर्गको विकास आर्थिक मामिला तथा सुशासन समितिमा भएको छलफलमा अर्थ मन्त्रालयको सहसचिव तथा प्रवक्ता श्यामप्रसाद भण्डारीले सरकारले हालसम्म ५२.५७ प्रतिशत बजेट खर्च गरेको जानकारी दिएका छन् ।
चालु आर्थिक वर्ष २०८१/८२ को कुल १८ खर्ब ६० अर्ब ६० करोड ३० लाख ३० हजार रहेको छ भने ९ महिनाको अवधिमा ९ खर्ब ७७ अर्ब ८२ करोड ९७ लाख रुपैयाँ बराबर बजेट खर्च भएको प्रवक्ता भण्डारीले जानकारी दिएका छन् ।
चालु वर्षको कुल बजेटको ५२.५७ प्रतिशत खर्च भएको छ भने चालु वर्षको खर्चतर्फ ६ खर्ब ६५ अर्ब ६३ करोड ५२ लाख रुपैयाँ रहेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij