२०८२ मंसिर १२ गते शुक्रवार
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको चालू आर्थिक वर्षको ८ महिनासम्मको वित्तीय विवरण अनुसार चालु आर्थिक वर्षको ८ महिनामा ७ खर्ब २० अर्ब ३५ करोड राजश्व सङ्कलन पुगेको छ।
नेपाल सरकारको समीक्षा अवधिमा प्रदेश सरकार तथा स्थानीय सरकारमा बाँडफाँट हुने रकम समेत ७२० अर्ब ३५ करोड पुगेको छ । कुल राजस्व परिचालन अन्तर्गत कर राजस्व ६३८ अर्ब ८० करोड र गैर कर राजस्व ८१ अर्ब ५५ करोड परिचालन भएको जानकारी छ ।
२०८१ फागुन मसान्तमा सरकारको जम्मा खर्च ८३९ अर्ब ३६ करोड रहेको छ । चालु वर्षको समीक्षा अवधिमा खर्च ५८४ अर्ब १३ करोड, पुँजीगत खर्च ८२ अर्ब ३४ करोड र वित्तीय व्यवस्था खर्च १७२ अर्ब ८९ करोड रहेको छ । सरकारको विभिन्न खातामा ३९२ अर्ब ३६ करोड रकम नगद मौज्दातमा रहेको छ । सरकारले चालु आर्थिक वर्षको फागुन मसान्तमा ७ खर्ब २० अर्ब ३५ करोड राजश्व सङ्कलन पुगेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij