Logo

२०८२ माघ ९ गते शुक्रवार

२०८२ माघ ९ गते शुक्रवार

आठ महिनामा ९.४ प्रतिशतले बढ्यो रेमिट्यान्स, कति रकम भित्रियो नेपाल?

आठ महिनामा ९.४ प्रतिशतले बढ्यो रेमिट्यान्स, कति रकम भित्रियो नेपाल?


  • 1.5K
    Shares

    आठ महिनामा ९.४ प्रतिशतले बढ्यो रेमिट्यान्स, कति रकम भित्रियो नेपाल?

    चालू आर्थिक वर्षको ८ महिनामा रेमिट्यान्स ९.४ प्रतिशतले बढेको छ। 

    नेपाल राष्ट्र बैंकको ताजा तथ्यांकअनुसार उक्त दरले बढेर ८ महिनामा १० खर्ब ५१ अर्ब ७७ करोड रुपैयाँ नेपाल भित्रिएको हो। 

    अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १८.३ प्रतिशतले बढेको थियो। अमेरिकी डलरमा विप्रेषण आप्रवाह ६.९ प्रतिशतले वृद्धि भई ७ अर्ब ७४ करोड पुगेको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह १६.१ प्रतिशतले बढेको थियो।

    समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) ११ खर्ब ४८ अर्ब १२ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय १० खर्ब ४१ अर्ब ९९ करोड रहेको थियो।

    समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ३ लाख १७ हजार ६८ र पुनः श्रम स्वीकृति लिनेको संख्या २ लाख १७ हजार ४०३ रहेको छ। 

    अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः २ लाख ८५ हजार ३५२ र १ लाख ८२ हजार ७८३ रहेको थियो।

    प्रकाशित मिति :चैत्र २७ २०८१ बुधवार - १७:१८:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij