Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

नेपाललाई ‘ग्रे लिष्ट’बाट बाहिर ल्याउन कार्य योजनालाई कार्यान्वयन गर्ने निर्णय

नेपाललाई ‘ग्रे लिष्ट’बाट बाहिर ल्याउन कार्य योजनालाई कार्यान्वयन गर्ने निर्णय


  • 1.9K
    Shares

    नेपाललाई ‘ग्रे लिष्ट’बाट बाहिर ल्याउन कार्य योजनालाई कार्यान्वयन गर्ने निर्णय
    images

     काठमाडौं । सम्पत्ति शुद्धिकरण निवारण निर्देशक समितिको मंगलबार बसेको बैठकमा नेपाललाई ‘ग्रे लिष्ट’बाट बाहिर ल्याउन कार्य योजनालाई कार्यान्वयन गर्ने निर्णय भएको छ । नेपाल गत फागुन ९ गते फाइनान्सियल एक्सन टाक्स फोर्सको ‘ग्रे लिष्ट’ मा परेको थियो ।

    नेपाललाई ‘ग्रे लिष्ट’बाट बाहिर निकाल्न कार्य योजना अनुसार कार्य गर्दै गर्दा आगामी दिनमा नेपाल ‘ग्रे लिष्ट’मा नपर्ने गरी दीर्घकालीन हिसाबले काम गर्न आवश्यक रहेको अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बताएका छन् । 

    इच्छाशक्ति लगाएर काम गर्ने हो भने नेपाललाई ग्रे लिष्टबाट बाहिर निकाल्न सकिने धारणा व्यक्त भएको छ। मुख्य सचिव एकनारायण अर्यालले सबै निकायबीच समन्वय गरी प्रविधिलाई जोड दिएर कार्य योजना अनुसार काम गर्दा नेपाल ‘ग्रे लिष्ट’बाट बाहिर आउन सक्ने बताएका छन् । 

    नेपाल राष्ट्र बैंकका कायम मुकायम गभर्नर निलम ढुङ्गाना तिम्सिनाले अन्तिम समयमा काम गर्ने भन्दा कार्य योजना अनुसार सुरुदेखि नै काम गर्न आवश्यक भएको बताइन् । 

    प्रकाशित मिति :चैत्र २६ २०८१ मंगलवार - १५:४२:१३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij