२०८२ भाद्र २ गते सोमवार
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपालसहितका ३२ जनालाई पार्टीबाट निष्काशनको तयारी गरेका छन् ।
ओलीले बैशाख १० गते बस्ने केन्द्रीय कमिटी बैठकबाट केन्द्रका २७ र कर्णालीमा फ्लोर क्रस गर्ने ५ नेतालाई पार्टीबाट निष्काशन गर्न लागेका हुन् । साधारण सदस्यसमेत नरहने गरी ६ महिनाका लागि निलम्बित भएका नेपाल, भीम रावललगायत नेतालाई ओलीले पुन स्पष्टीकरण सोधेका छन् । मंगलबार ओलीले नेपालसहितका नेतालाई स्पष्टीकरण सोधेका हुन् । यस अघि पनि नेता नेपाल, रावल, सुरेन्द्र पाण्डेलगायतले स्पष्टीकरण पत्रमा प्रतिप्रश्न गरेर जवाफ पठाएका थिए ।
नेताहरु झलनाथ खनाल, माधवकुमार नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, झपट रावल, योगेश भट्टराई, पवित्रा निरौला, यज्ञराज सुनुवार, जीवनराम श्रेष्ठ, मेटमणि चौधरी, विरोध खतिवडा, सोमप्रसाद पाण्डे, नारायण खतिवडा, भवानी खापुङ, जयकुमार राई, गणेश पहाडी, दिपकप्रकाश भट्ट, पुष्पाकुमारी कर्ण, रामकुमारी झाँक्री, हिराचन्द्र केसी, सरलाकुमारी यादव, कृष्णलाल महर्जन, कल्याणी खड्का, लक्ष्मीकुमारी चौधरी, निरादेवी जैरु, मुकुन्द न्यौपानेलाई स्पष्टीकरण सोध्ने र जवाफ चित्तबुझ्दो नआए पार्टीबाट निष्काशन गर्ने तयारी गरेको बताइएको छ ।
त्यस्तै कर्णालीमा फ्लोर क्रस गरेर माओवादी केन्द्रका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने नेपाल समूहका नेताहरु प्रकाश ज्वाला, कुर्मराज शाही, नन्दसिंह बुढा र अम्बरबहादुर थापालाई पनि कारबाही गरेर पार्टीबाट निष्काशन गर्न लागिएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij