२०८२ माघ ७ गते बुधवार
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीप्रति कटाक्ष गर्दै ओली बिरुद्द खनिनु सम्म खनिएका छन्। ओली भारतको टाङमुनि छिरेको आरोप देउवाको छ।
आज नेविसंघको ५२ औं स्थापना दिवसका अवसरमा काठमाडौंको बालमिकी क्याम्पसमा नेविसंघ केन्द्रीय समितिले गरेको कार्यक्रममा देउवाले उक्त कुरा बताएका हुन्।
राष्ट्रवादी बनेर चुनाव जितेका ओली अहिले भारतको टाङमुनि छिरेको देउवाको आरोप छ।
‘हिजो सबैभन्दा राष्ट्रवादी भन्ने ओली आज इन्डियाको टुमशरणम् भइसक्यो,’ देउवाले भने, ‘भारतविरोधी नाराबाट जितेको ओली अहिले भारतको टाङमुनि छिरिसक्यो, कहाँ छ त्यो राष्ट्रवादरु त्यसकारण यिनीहरू राष्ट्रवादी होइनन्, अवसरवादी हुन्।’ देउवा पछिल्ला दिनमा ओली प्रति खनिन थालेका छन्।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij