२०८२ भाद्र २ गते सोमवार
काठमाडौँ । प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नै पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालप्रति तीव्र असन्तुष्टि व्यक्त गरेका छन्। र त्यसको सहि निरुपण गरिने पनि बताएका छन्।
सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठकमा उनले नेपाल अर्कोको पतिका लागि सती गइरहेको टिप्पणी गरे।
'सती प्रथा अन्त्य भइसक्यो। त्यो प्रथा रहँदा पनि ती बिचरा अबला नारीहरुलाई आफ्नो पतिको नाउमा सती पठाइन्थ्यो। तर, आज माधव नेपालहरु अर्काको पतिको लागि सती गइरहेका छन्। आफ्नो पार्टीको सरकार ढालेर अरुको सरकार बनाउन सांसदहरुलाई फाँसी चढाउँदै छन्। यो उनको ऐतिहासिक अपराध हो', बैठकमा ओलीले भने।
बैठकमा सम्बोधन गर्दै ओलीले नेपाललाई कारबाही हुने जानकारी दिएको सहभागी एक सदस्यले जानकारी दिए। 'माधव नेपालले नेपालको इतिहासमै पहिलो पटक अलोकतान्त्रिक, गैरसंसदीय, अराजक हर्कत गरेका छन्', ओलीको आरोप थियो।
ओलीलाई नेपाललाई एमालेलाई प्रचण्डको पाउमा चढाएको बताए। 'कांग्रेस लगायत गैर कम्युनिस्टहरुको नेतृत्वमा सरकार बनाऔं। हामी 'फ्लोर क्रस' गर्छौँ। यो सरकार तुरुन्त ढाल्नुपर्योा भन्दै रोदन गरेर घरदैलो गर्न थालेका छन्', ओलीले भने, 'अराजक, अस्थिर, अत्यन्त घातक, देशद्रोही, कम्युनिस्ट अन्दोलनलाई खाडलमा हाल्ने प्रवृत्तिको विरुद्ध पार्टीले कडाभन्दा कडा कारबाही गर्नेछ।'
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij