Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

प्रचण्डले सामन्तसंग सम्झौता गरेर हल्लीखल्ली गराएको भन्दै रनक्क रन्किए ओली, खास कुरो के हो ?

प्रचण्डले सामन्तसंग सम्झौता गरेर हल्लीखल्ली गराएको भन्दै रनक्क रन्किए ओली, खास कुरो के हो ?


  • 6.9K
    Shares

    प्रचण्डले सामन्तसंग सम्झौता गरेर हल्लीखल्ली गराएको भन्दै रनक्क रन्किए ओली, खास कुरो के हो ?

    काठमाडौँ । केही दिन अघि केही अनलाइनमा प्रधानमन्त्री केपी ओली र भारतीय गुप्तचर सस्था रअ प्रमुख सामन्त गोयल बीच सम्झौता भएको भन्दै एउटा लिखत सार्वजनिक भयो। दुई दिन पछि तिनै अनलाइनले समाचार भुलबस भएको भन्दै माफी मागे। प्रधानमन्त्री ओलीका अनुसार त्यो सबै काम प्रचण्डले गरेका हुन्। 

    प्रधानमन्त्री  ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रअ प्रमुख सामन्त गोयलसँग हुँदै नभएको हल्ला चलाएको बताएका छन् । सोमबार केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् । 

    “सामन्त गोयलसँग हुँदै नभएको कुरा भयो भनेर प्रचण्डले बकबास गरेका छन्, “ ओलीको भनाइ उदृत गर्दै एक सांसदले भने ।  केही दिन अघि ओलीले गोयलसँग सम्झौता गरेको भन्दै समाचार आएको थियो । हुन पनि ओलीले भनेको कुरामा दम हुने ठाउँ प्रसस्त छ। प्रचण्डले कानून मन्त्री बनाएका अजय संकर नायकका प्रेस सल्लाहकारको अनलाईनमै उक्त न्यूज आउनु संयोग मात्र होइन। 

    त्यस्तै ओलीले माधव नेपालले कर्णालीमा बेइमानी गरेर अक्षम्य अपराध गरेको बताएका छन्। बालुवाटारमा भएको एमाले ओली समूहको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो टिप्पणी गरेका हुन्।

    कर्णाली प्रदेशमा एमाले नेपाल–खनाल पक्षका चारजना सांसदले फ्लोर क्रस गरेर मुख्यमन्त्री महेन्द्र बहादुर शाहीको पद जोगाइदिएका थिए। नेपाल–खनाल पक्षको उक्त कदमबाट ओली पक्ष आक्रोशित बनेको थियो।

    प्रकाशित मिति :बैशाख ६ २०७८ सोमवार - १४:३५:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij