Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

४ लाख २६ हजार करदाता वृद्धि

४ लाख २६ हजार करदाता वृद्धि


  • 1.3K
    Shares

    ४ लाख २६ हजार करदाता वृद्धि
    images

    काठमाडौं । चालु आर्थिक वर्षको माघसम्म ४ लाख ३३ हजार करदाता वृद्धि भएको छ। 

    अर्थ मन्त्रालयलको अनुसार स्थायी लेखा नम्बर लिएको करदाताको संख्या ६६ लाख ५९ हजार ८ सय ३६ पुगेको छ। करकट्टी गर्ने निकायले लिएको स्थायी लेखा नम्बर०.५ प्रतिशत, कुल स्थायी लेखा नम्बरमा व्यावसायिक स्थायी लेखा नम्बर ३०.२ प्रतिशत,  र व्यक्तिगत स्थायी लेखा नम्बरको ६९.३ प्रतिशत रहेको छ।

    आर्थिक वर्ष २०८०/८१ को माघसम्ममा कुल ४ लाख २६ हजार ३ सय ३० स्थायी लेखा नम्बर लिएको करदाता थप भएकोमा चालु आर्थिक वर्षको सोही अवधिमा कुल ४ लाख ३३ हजार ७ सय ३ करदाता थप भएको छ। करमा दर्ता भएको करदाता ३ लाख ४१ हजार ७ सय १६ र अन्तःशुल्कमा दर्ता हुने करदाताको संख्या १ लाख २३ हजार १ सय ३२ पुगेको छ। 

    सरकारले चालु आर्थिक वर्षमा १४ खर्ब १९ अर्ब राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा चैत्र ८ सम्म लक्ष्यको ७ खर्ब ३७ अर्ब  संकलन गरेको महालेखा नियन्त्रक कार्यालयको तथ्यांकमा उल्लेख छ। 

     

     

    प्रकाशित मिति :चैत्र १० २०८१ आइतवार - १४:००:५९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij