२०८२ माघ ७ गते बुधवार
काठमाडौँ । नेकपालाई अदालतले खारेज गर्दिएपछि एमाले र माओवादी बनेपछि सबैभन्दा घाटा प्रचण्डलाई भएको छ। माओवादी केन्द्रले आफ्ना १५ जना सांसद्लाई पदबाट हटाउनु पर्ने बाध्यता आईलागेको छ ।
माओवादी केन्द्रले संघीय संसद्का ६ जना र प्रदेश सभाका ९ जना सांसद्लाई पदबाट हटाएको हो । गत २३ फागुनमा सर्वोच्च अदालतले एकीकृत भएको नेकपा भंग गरिदिएपछि एमाले र माओवादी केन्द्र बनेका थिए । त्यसपछि माओवादीबाट एमालेमा प्रवेश गरेका १५ जना सांसद्को पद खोसिएको हो । यसरी पद जानेहरुमा गृहमन्त्री रामबहादुर थापा बादल, उर्जामन्त्री टोपबहादुर रायमाझी, उद्योगमन्त्री लेखराज भट्ट, सहरी विकास मन्त्री प्रभु साह लगायत रहेका छन्।
माआवादी केन्द्र छाडेर ओली रोज्नेहरू प्रतिनिधिसभामा टोपबहादुर रायमाझी लेखराज भट्ट प्रभु साह गौरीशंकर चौधरी राष्ट्रिय सभामा रामबहादुर थापा बादल चन्द्रबहादुर खड्का प्रदेश– १ टंक आङवोहाङ प्रदेश– २ रामचन्द्र मण्डल ज्वालाकुमारी साह कुन्दनप्रसाद कुशवाह मोहम्मद समिर लुम्बिनी प्रदेश दधिराम न्यौपाने दिनेश पन्थी कर्णाली प्रदेश धर्मराज रेग्मी सुदूरपश्चिम प्रदेश झपट बोहरा छन्।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij