Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

माधव नेपाललाई एक्ल्याएर नाङ्गेझार पार्न लागेका ओलीले प्रचण्डलाई किन गरे फोन ? के परेछ आपत् ?

माधव नेपाललाई एक्ल्याएर नाङ्गेझार पार्न लागेका ओलीले प्रचण्डलाई किन गरे फोन ? के परेछ आपत् ?


  • 11.8K
    Shares

    माधव नेपाललाई एक्ल्याएर नाङ्गेझार पार्न लागेका ओलीले प्रचण्डलाई किन गरे फोन ? के परेछ आपत् ?

    काठमाडौँ । असन्तुष्ट पक्षसँग समूहगत ‘डिल’ नगर्ने अडानमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले माधवकुमार नेपाललाई ‘एक्ल्याउने’ रणनीति लिएका छन् ।

    वरिष्ठ नेता झलनाथ खनाल र नेपाल समूह समानान्तर गतिविधिमा लागेका बेला पार्टी अध्यक्ष ओलीले सांसद र केन्द्रीय सदस्यलाई छुट्टा-छुट्टै भेट्न थालेका छन् ।

    दलका नेतासमेत रहेका ओलीले निर्वाचन क्षेत्रमा भएका विकास–निर्माण र आयोजनाको अवस्था बुझ्न बोलाएको भने पनि निचोडमा नेपाल समूहलाई ‘एक्ल्याउने’ नै रहेको सांसदहरूले बताएका छन् ।

    बिहीबार बिहान अध्यक्ष ओलीले कर्णाली प्रदेशअन्तर्गतका दैलेख, सुर्खेतका सांसदहरूलाई भेट्न बोलाएको राजबहादुर बूढाले जानकारी दिए । उनका अनुसार प्रधानमन्त्रीनिकट केही नेताहरूले केही दिनअघिदेखि नै भेट्न ताकेता गरेका थिए ।

    “प्रधानमन्त्रीज्यूले धेरै दिनदेखि भेट्न खोज्नुभएको थियो, समय मिलेको थिएन,” बूढाले  भने, “हामी हिजो बिहान भेट्न गएका थियौँ । महन्थ ठाकुरहरूसँग पनि वार्ता चलिरहेकाले धेरै संवाद हुन पाएन ।”

    प्रधानमन्त्रीलाई भेट्न दैलेखका सांसद् पार्वतीकुमारी विसुन्खे र सुर्खेत–१ का सांसद ध्रुवकुमार शाही पनि पुगेका थिए । सामूहिक भेटमा पार्टीको खस्कँदो अवस्था नै बताएको बूढाको भनाइ छ ।

    यता प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डुलाई फोन गरेका छन्।

    शुक्रबार दिउँसो प्रचण्डले ललितपुरको कोन्जोसोम गाउँपालिकाको भवन उद्घाटन गर्न आयोजित सभालाई सम्बोधनका क्रममा प्रधानमन्त्रीले फोन गरेको खुलासा गरेका हुन्।

    'म बस्दै गर्दा प्रधानमन्त्री केपी ओलीको फोन आयो मलाई', प्रचण्डले भने, 'धेरै समयपछि।'

    उनले आफूले प्रधानमन्त्रीसँगको कुराकानीमा गाउँपालिका जाने बाटो बनाइदिन आग्रह गर्ने बताए। प्रचण्डले त्यसो भन्दा उपस्थितले ताली पिटेका थिए।

    सर्वोच्च अदालतले नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई साविकको अवस्थामा फर्काइदिएपछि दुई नेताबीच भेटवार्ता भएको छैन। ओलीले प्रचण्डलाई फोन गरेर भेट्न निम्तो दिएका थिए। प्रचण्डले भेट्न अस्वीकार गरिदिएका थिए।

    प्रधानमन्त्रीले भोलि सबै विषयमा छलफलका लागि सर्वदलीय बैठक बोलाइएकोले आउनका लागि आग्रह गरेको प्रचण्डले बताएका छन् ।

    प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले शनिवार विहान ११ बजे प्रधानमन्त्री निवासमा सर्वदलीय बैठक बोलाइएको पुष्टि गरे । त्यसै सन्दर्भमा प्रचण्ड लगायत आफूले कुरा गर्नुपर्ने नेताहरुसँग प्रधानमन्त्रीको कुराकानी भएको थापाले बताए ।

    प्रकाशित मिति :बैशाख ३ २०७८ शुक्रवार - १४:०१:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij