Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

यस्तो छ विद्यालय सञ्चालनका शिक्षा मन्त्रालयले आज दिएको तीनबुँदे निर्देशन 

यस्तो छ विद्यालय सञ्चालनका शिक्षा मन्त्रालयले आज दिएको तीनबुँदे निर्देशन 


  • 25.0K
    Shares

    यस्तो छ विद्यालय सञ्चालनका  शिक्षा मन्त्रालयले आज दिएको तीनबुँदे निर्देशन 

    काठमाडौँ । कोरोनाको सन्त्रास बढे पछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तीनबुँदे निर्देशन जारी गर्दै विद्यालय सञ्चालन गर्न भनेको छ ।

    शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा आज बसेको बैठकले गत चैत ३० गते सरोकारवालाहरुसँगको अन्तरक्रियाबाट प्राप्त सुझावहरुसमेतका आधारमा मन्त्रालयमा वस्तुस्थितिको समीक्षा गर्दै सरकारबाट अर्को निर्णय वा निर्देशन नभएसम्मसम्मका लागि तीनबुँदे निर्देशन जारी गरेको हो ।

    मन्त्रालयले विद्यार्थी वा कर्मचारी कोरोनाभाइरस संक्रमित भएमा स्थानीय स्वास्थ्य संस्थासँग समन्वय गरी आइसोलेसनमा राख्न निर्देशन दिएको छ ।

    यस्तै, विद्यालयमा अनिवार्य मास्क, स्यानिटाइजर प्रयोग गर्ने, साबुन–पानीले हात धुने र ज्वरो नाप्नुपर्नेछ । सबै प्रकारको शिक्षण संस्था सञ्चालन गर्दा भिडभाड नहुने गरी विद्यार्थीको संख्या एवम् संस्थाको मौजुदा पूर्वाधार एवम् संस्था रहेको स्थान विशेषको संक्रमणको अवस्था समेतलाई विचार गरी स्थानीय तहसँग समन्वय एवम् परामर्श गरी आलोपालो सिफ्ट या उपयुक्त मोडालिटी अपनाई दैनिक पठनपाठन सञ्चालन गर्न निर्देशन दिइएको छ ।

    शिक्षण संस्थाभित्र सभा–समारोह र वार्षिकोत्सवजस्ता भिडभाड हुने प्रकृतिका कार्यक्रम आयोजना नगर्न र नगराउन मन्त्रालयले निर्देशन दिएको छ ।

    देशभरिका विद्यालयले दैनिक पठनपाठन सञ्चालन गर्दा विद्यालय सञ्चालनसम्बन्धी कार्यढाँचा-२०७७ पूर्ण रुपमा अनुसरण गर्न मन्त्रालयले निर्देशन दिएको छ ।

    विद्यालय व्यवस्थापन समितिले स्थानीय तहसँग सहजीकरण गरी परिस्थितिअनुसार चल्नसमेत निर्देशन दिइएको छ ।

    विषयलाई अतिरञ्जित गरी अनावश्यक भय, त्रास सिर्जना नगर्न तर स्वास्थ्य संवेदनशीलतालाई ख्याल गरी आवश्यक सजगता अपनाउन मन्त्रालयले निर्देशन दिएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार १४ वटा जिल्लालाई अतिप्रभावित भन्दै विद्यालय कम्तीमा तीन साता बन्द गर्न अपिल गरेको थियो ।

    प्रकाशित मिति :बैशाख ३ २०७८ शुक्रवार - १३:३७:२२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij