Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

शक्तिशाली ओलीलाई यसरी लाग्दैछ ब्रेक, जरो उखेल्न प्रचण्डले फ्याकेको तुरुपले हल्लायो ओलीको जग 

शक्तिशाली ओलीलाई यसरी लाग्दैछ ब्रेक, जरो उखेल्न प्रचण्डले फ्याकेको तुरुपले हल्लायो ओलीको जग 


  • 9.7K
    Shares

    शक्तिशाली ओलीलाई यसरी लाग्दैछ ब्रेक, जरो उखेल्न प्रचण्डले फ्याकेको तुरुपले हल्लायो ओलीको जग 

    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीका ‘किचेन क्याबिनेट’ सदस्य मध्येका गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेल यतिबेला संकटमा छन्।

    ओलीले आफूलाई जब जब संकट पर्छ तब तब यी दुई नेतालाई प्रदेशबाट केन्द्रमा बोलाएर ‘सेफ ल्यान्डिङ’ गराउन खोज्छन्। तर अब तिनै धर्मराए पछि ओलीको जग समेत हल्लिएको चर्चा हुन थालेको छ। 

    ओलीले आफु घेराबन्दीमा पर्दा पोखरेललाई प्रयोग गरेर आनन्दको स्वास फेर्थे। यसअघि तत्कालीन नेकपाको विवाद हुँदा पनि ओलीले लुम्बिनीका मुख्यमन्त्री पोखरेललाई पटक पटक काठमाडौं बोलाएर पुष्पकमल दाहाल र माधवकुमार नेपालसँग वार्ताका लागि दूतका रुपमा खटाएका थिए।

    एमाले र माओवादीलाई २०७५ जेठ २ को अवस्थामा फर्काइदिने सर्वोच्च अदालतको २३ फागुनको निर्णयपछि बढेको राजनीतिक ध्रुवीकरणका बाछिटा अब संघ हुँदै प्रदेशसम्म पुगेको छ। पुस ५ मा प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री ओलीको कदमपछि प्रदेश १ र बागमतीमा देखिएको राजनीतिक संकट अहिले गण्डकी र लुम्बिनीमा देखिएको छ।

    खास गरी नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीसहितले ओलीका यी दुई विश्वासपात्रलाई सत्ताबाट निकाल्न मोर्चा कसिसकेका छन्। दुवै मुख्यमन्त्रीलाई लक्षित गरेर प्रतिपक्षीहरु मोर्चा बन्दीमा उत्रिएपछि त्यसको असर केन्द्रमा केपी ओलीमाथि पनि पर्ने भएको

    प्रदेशमा देखिएको संकटबीच पद धरापमा पर्ने बुझेर यी दुवै मुख्यमन्त्रीले प्रदेशसभाको अधिवेशन नै स्थगित गरिसकेका छन्। उनीहरुले रातारात प्रदेशसभा नै स्थगित गरे पनि प्रतिपक्षीहरुले सत्ता फेरबदल अभियान रोकेका छैनन्।

    संसद स्थगन गर्ने उनीहरुको खेललाई प्रतिपक्षीहरुले सत्ता जोगाउन केपी ओलीले गरेकै अभ्यासको सिको भनेका छन्। पद बचाउन ओली प्रवृत्तिको ‘नक्कल’ गरेको भनेर उनीहरुको आलोचना भइरहेको छ। गुरुङ र पोखरेल ओलीका विश्वास पात्र मात्रै नभई कट्टर समर्थक पनि हुन् । उनीहरु ओलीको कामको निष्फिक्री समर्थन गर्दै आएका छन्।

    ओलीका विश्वासपात्र पोखरेल वैचारिक नेता मानिन्छन् भने गुरुङ स्पष्ट वक्ता र जनजातिहरूमा बलियो पकड भएका नेता हुन्। संसद विघटनअघि प्रचण्ड र माधवसमक्ष ओलीको समाचार लिएर जान पोखरेल बुटवलबाट काठमाडौं आइरहन्थे।

    तर अहिले आफैं जोखिममा रहेका ओलीले दुई विश्वास पात्रको संकट किनारा लगाउन ठोस कदम चालिसकेका छैनन्। आफ्ना बलिया सहयात्रीलाई विपक्षी गठबन्धनले ढाल्न खोजेपछिको ओलीमा कति पर्छ रु यसको विश्लेषण हुन बाँकी नै छ।

    लुम्बिनी र गण्डकीको संकटलाई विश्लेषकहरुले ओलीको जग भत्किन सुरु भएको भनेर टिप्पणी गरेका छन्। 

    शंकर पोखरेल ओलीको भित्रिया नै भएको जानकारहरुको  तर्क छ। मुख्यगरी गण्डकी र लुम्बिनीको स्थिति हेर्दा ओलीले व्यक्त नगरे पनि मनोवैज्ञानिक दबाब निकै पर्छ । मुख्यरुपमा शंकर पोखरेल त भित्रिया नै हुन।  शंकर पोखरेललाई लुम्बिनीले हल्लायो भने त्यसको ठूलो मनोवैज्ञानिक असर त ओलीमाथि पर्छ पर्छ । लुम्बिनी हल्लिनु भनेको ओलीको सत्ता पनि हल्लिनु हो ।

    ओलीको जरो काटिन थाल्यो
    राजनीतिक विश्लेषक राजेन्द्र महर्जन ओली आफैं संकटमा परेको बेलामा ‘जरो काटिन’ सुरु भएको तर्क गर्छन् । उनले भने, ‘संकट निवारणका लागि जसपालाई साथ लिएर हुन्छ या एमसीसी पास गरेर अन्तर्राष्ट्रिय शक्ति हारगुहार गरेर हुन्छ, अनेक कुरा गर्न खोजिरहेकै बेलामा जरो काटिन सुरु भएको छ ।’

    ओलीले विभिन्न प्रपञ्च गरिरहेकै बेलामा जरो काटिन थालेपछि ‘रियाक्सन’ गर्नुपर्ने स्थितिमा पुगेको उनी बताउँछन् । ‘प्रपञ्चकै बीचमा उनको जरो काटिन थाल्नुले ओली रियाक्सन गर्नुपर्ने स्थितिमा पुगे । अस्तिसम्म ओली आफू एक्सनमा हुन्थे, अरुले रियाक्सन गर्थे । यो बेलामा अरुले एक्सन सुरु गरेका छन्,’ उनले भने, ‘अहिले विपक्षीहरुले संयुक्त रुपमा ‘तिम्रो खैरियत छैन’ भन्ने देखाउन खोजे । प्रतिपक्षीको खास भूमिका विस्तारै देखिन थालेको छ ।’

    प्रकाशित मिति :बैशाख ३ २०७८ शुक्रवार - १३:२६:३३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij