२०८२ भाद्र २ गते सोमवार
काठमाडौं । प्रधानमन्त्री केपी ओलीका कटु आलोचक भीम रावलका पूर्व स्वकीय सचिव तथा हाल प्रतिनिधि सभाका सदस्य झपटबहादुर रावलले घरमा ढुंगा हानेको भन्दै सुरक्षा माग गरेका छन् । संसद्को राज्य व्यवस्था तथा सुशासन समितिमा सत्तारूढ दलका सांसद झपट सुरक्षा माग गरेका हुन्।
समितिको बैठकमा बोल्दै रावलले मध्यरातमा घरमा ढुंगा प्रहार भएको भन्दै तत्काल सुरक्षाको बन्दोबस्त मिलाइदिन अनुरोध गरेका हुन् । समितिमा आज कारागारसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको प्रतिवेदन र बेवारिसे शवको पहिचान एवम् व्यवस्थापनबारे छलफल थियो ।
बैठकमा बोल्दै रावलले राति–राति ढुंगा प्रहार गर्न थालेपछि सुरक्षाकर्मीलाई पनि जानकारी गराएको बताएका हुन् । उनले अझै खतरा टरिनसकेकाले दोषी पत्ता लगाएर आवश्यक कारबाही गर्न अनुरोध गरेका हुन् ।
नेकपा (एमाले)भित्रको विवाद उत्कर्षमा पुगेको छ । रावल नेता माधवकुमार नेपाल समूहतिर खुलेका छन् । उनी रावल गृह मन्त्री हुँदा उनको स्वकीय सचिव पनि थिए।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij