२०८२ भाद्र २ गते सोमवार
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार कोभिडको महामारीका बेलामा सकेसम्म लकडाउन गर्ने पक्षमा नभएको स्पष्ट पारेका छन् ।
प्रधानमन्त्री ओलीले सिंहदरस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट राष्ट्रका नाममा सम्बोधन गर्ने क्रममा सरकार लकडाउन गर्ने पक्षमा नरहेको स्पष्ट पारेका हुन् ।
सरकारले लकडाउन गर्ने धम्की दिएको भन्ने कुरा बाहिर आएको उल्लेख गर्दै उनले सकेसम्म लकडाउनको पक्षमा आफूहरु नरहेको बताए ।
प्रधानमन्त्री ओलीले कतिपय राष्ट्रहरुले कोभिडको महामारी बढी फैलिएको हुनाले लकडाउन गर्न बाध्य भएको र जनताको सुरक्षाका लागि नेपाल सरकार गम्भीर रहेको स्पष्ट पारे ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij