Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

ओलीले खेलाएपछि प्रचण्डको दिमागमा फुर्यो नयाँ जनयुद्ध, कस्तो लेख्दैछन् जनयुद्ध हाँक्ने दस्तावेज ?

ओलीले खेलाएपछि प्रचण्डको दिमागमा फुर्यो नयाँ जनयुद्ध, कस्तो लेख्दैछन् जनयुद्ध हाँक्ने दस्तावेज ?


  • 7.2K
    Shares

    ओलीले खेलाएपछि प्रचण्डको दिमागमा फुर्यो नयाँ जनयुद्ध, कस्तो लेख्दैछन् जनयुद्ध हाँक्ने दस्तावेज ?

    काठमाडौँ । प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी ओलीले टाउकामा घन बर्साएपछि तिल्मिलाएका प्रचण्ड पछिल्ला दिनमा अर्कै राजनीतिक रणनीति बनाउन सक्रिय भएका छन्। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ आन्दोलनको तयारीका लागि दस्तावेज तयार पारिरहेको बताएका हुन् । 

    कर्णाली प्रदेशस्तरीय महिला भेलामा प्रचण्डले ३ दिने अभियान सकेर आजै काठमाडौं फर्कने र दस्तावेज तयार पर्ने बताए। 'एउटा नयाँ आन्दोलनको तयारीका लागि दस्तावेज तयार पार्दैछ'। नयाँ अभियानका लागि दस्तावेज बनाउनुपर्ने भयो,' उनले भने।

    सुर्खेतमा आयोजित महिला भेलालाई सम्बोधन गर्दै प्रचण्डले महिलाको त्याग बिना क्रान्ति सफल नहुने बताए। उनले पुरुषहरुले गर्ने प्रतिकान्तिलाई महिलाहरुले मात्रै रोक्न सक्ने तर्क गरे। 'महिलाको त्याग बिना दुनियाँको कुनै क्रान्ति सफल भएको छैन। तर, पुरुषहरुले प्रतिक्रान्ति जन्माउने खतराहरु भयो। महिलाहरुको विशाल पंक्ति खडा गर्नुपर्ने भएको छ। जसले भोलि प्रतिक्रान्तिलाई रोक्न सक्न सकोस्,' उनले भने।

    प्रचण्डले महिलारुलाई वैचारिक, राजनीतिक र सांगठनिक रुपमा प्रशिक्षण गर्नुपर्छ भन्ने आफ्नो धारणा भएको बताए। उनले अहिले युद्धमा हतियार बोकेर लड्ने महिलाभन्दा पनि बलियो संगठन बनाउने महिलाको आवश्यकता भएको बताए।

    प्रधानमन्त्री केपी शर्मा ओलीले जालझेल र षडयन्त्र गर्दै प्रतिनिधिसभा विघटन गरेको र फेरि पनि षडयन्त्रहरु भइरहेको बताए। 'संविधान मिच्ने काम प्रधानमन्त्रीबाट भयो। जसले मौलिक अधिकारका थुप्रै स्थापित छ। यस्तो षडयन्त्र रोक्न सकिएन भने प्रतिक्रान्तिमा जाने खतरा भयो,' उनले भने।

    उनले नयाँ खालको आन्दोलन गर्नुपर्ने महसुस गरेको बताए। उनले सर्वोच्च अदालतले संसद पुनर्स्थापना गरेपछि आफूहरुको आंशिक मात्रै जित भएको बताए। 'हामीले नयाँ खालको जनयुद्ध गर्नुपर्ने महसुस भएको छ। देशभर जित भयो। तर पुरै जित अझै भएको छैन,' उनले भने।

    संविधानमार्फत प्राप्त उपलब्धी गुम्ने खतरा भएपछि आफू जनताको घरदैलोमा जान आवश्यक भएकाले कर्णाली यात्रामा निस्किएको बताए।

    प्रचण्डले अब आफूले मुख्यगरी तीन काममा जोड दिने बताए। 'हामीले तीनवट मुख्य कुरा गर्नेछौं। प्रतिक्रान्ति रोक्ने अभियान, उत्पादनका निम्ति समाजवादी अभियान र वर्ग संघर्षको अभियान एकसाथ चलाउनु आवश्यक छ,' उनले भने।

    पार्टीमा एकता अभियानको सुरुवाता कर्णाली प्रदेशबाट सुरुवात भएको प्रचण्डले बताए। उनले महिलाहरुलाई अब नेतृत्व दिने विषयमा पार्टीको केन्द्रीय कमिटी बैठकमा निर्णय हुने बताए। 'कर्णाली प्रदेशबाट सुरु भएको छ नयाँ एकताको अभियानको। प्रतिक्रियावादीलाई कर्णालीका महिलाहरुबाट खबरदार भन्न चाहन्छु। अबको केन्द्रीय कमिटी बैठकमा महिलाई नेतृत्व दिने निर्णय भयो। महिला नेतृत्व निर्माणका बारेमा केन्द्रीय कमिटी बैठकमा गम्भीर छलफल हुनेछ,' उनले भने।

    मंगलवारदेखि कर्णालीको यात्रामा रहेका प्रचण्डले ३ दिन उतै बसेर पार्टीका विभिन्न सभा सम्मेलनलाई सम्बोधन गरेका थिए। बिहीवार सुर्खेतको महिला भेला सम्बोधनपछि भने प्रचण्ड काठमाडौं फर्किएका छन्। राष्ट्रिय राजनीतिमा गतिरोध उत्पन्न भइरहेको बेला प्रचण्ड कर्णालीमा घरदैलो अभियान गरिरहेका थिए।

    भोली शुक्रबार ओली लाई बिदा गर्न कांग्रस सभापति शेर बहादुर देउवा प्रचण्ड र राजपाको निर्णायक बैठक हुदैछ।

    प्रकाशित मिति :चैत्र २६ २०७७ बिहिवार - १६:१९:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij