Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

अदालतलाई प्रधानमन्त्री ओलीले तथानाम भनेको भन्दै दायर गरिएको मुद्दामा आज सुनवाइ हुन सकेन

अदालतलाई प्रधानमन्त्री ओलीले तथानाम भनेको भन्दै दायर गरिएको मुद्दामा आज सुनवाइ हुन सकेन


  • 7.4K
    Shares

    अदालतलाई प्रधानमन्त्री ओलीले तथानाम भनेको भन्दै दायर गरिएको मुद्दामा आज सुनवाइ हुन सकेन

    प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धको अदालतको अवहेलना सम्बन्धी मुद्दामा आज सुनवाइ हुन सकेन । सर्वोच्च अदालतमा पेशी चढेको भए पनि मुद्दा ‘हेर्न नभ्याइने’ मा परेको हो ।

    सो मुद्दा न्यायाधीश ईश्वरप्रसाद खतिवडा र हरि फुयालको इजलासमा परेको थियो । प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा संवैधानिक इजलासमा सुनुवाइ चलिरहेका बेला प्रधानमन्त्रीले दिएका अभिव्यक्तिले अदालतको अवहेलना भएको भन्दै अधिवक्ता कञ्चनकृष्ण न्यौपाने र कुमार आचार्य लगयतले अवहेलना मुद्दा दायर गरेका थिए ।

    सो रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले आफैं उपस्थित भएर लिखित जवाफ पेश गर्न भनेको थियो र प्रधानमन्त्रीले सोही बमोजिम जवाफ पेश गरिसकेका छन् ।

    सर्वोच्च अदालतले शुक्रबार न्यायाधीश ईश्वरप्रसाद खतिवडा र हरिप्रसाद फुँयालको संयुक्त इजलासमा उक्त मुद्दाको पेशी तोकेको थियो।

    प्रधानमन्त्री ओलीविरुद्ध माघ १३ गते अधिवक्ता कञ्चनकृष्ण न्यौपाने र कुमार शर्मा आचार्यले मुद्दा दायर गरेका थिए।

    चार पूर्वप्रधानन्यायाधीशविरुद्ध अधिवक्ता राजाराम घिमिरेले मुद्दा दायर गरेका थिए। यसअघि न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले ओलीसहित पूर्वप्रधानन्यायाधीशलाई आफैं उपस्थित भएर लिखित जवाफ पेश गर्न आदेश दिएको थियो।

    आदेश अनुसार नै प्रधानमन्त्री ओली र चार पूर्व प्रधानन्यायाधीशले लिखित जवाफ पेश गरेका थिए। जवाफका क्रममा सबैले अदालतको अवहेलना नगरेको दाबी गरेका छन्।

    संसद विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ भइरहेका बेला उक्त मुद्दालाई प्रभावित पार्ने गरी अभिव्यक्ति दिएको भन्दै उनीविरुद्ध अवहेलना मुद्दा दर्ता गरेका थिए।

    पूर्वप्रधानन्यायाधीशहरु मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले पनि सोही समयमा संयुक्त विज्ञप्ति जारी गर्दै प्रतिनिधि सभा विघटनको विपक्षमा अभिव्यक्ति दिएका थिए।

    प्रकाशित मिति :चैत्र २० २०७७ शुक्रवार - १४:३०:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij