२०८२ भाद्र २ गते सोमवार
काठमाडौँ । हिजो बोलाएको बैठक स्थगित भएपछी आज बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले विभिन्न नियुक्ती गरेको छ ।
बैठकले विज्ञापन बोर्डको अध्यक्षमा लक्ष्मण हुमागाईंलाई नियुक्त गरेको ती मन्त्रीले जानकारी दिए ।
बोर्डको अध्यक्षका लागि हुमागाईंसहित लेखनाथ शर्मा पंगेनी र रमेशकुमार खड्काले आवेदन दिएकोमा सरकारले हुमागाईंलाई नियुक्त गरेको हो । हुमागाई यस अघि नेपाल टेलिभिजनको महाप्रबन्धक भईसकेका ब्यक्ती हुन् ।
त्यस्तै बैठकले राष्ट्रपति चुरे–तराई मधेस संरक्षण विकास समितिमा पनि पदाधिकारी नियुक्ति गरेको छ ।
सरकारले समितिको अध्यक्षमा डा। किरण पौडेल र सदस्यहरूमा पूर्व जर्नेल बाबुकृष्ण कार्की, डा. सुस्मिता ढकाल, शशी शर्मा र भेषराज आचार्य बरुणलाई नियुक्त गरेको ती मन्त्रीले जानकारी दिए ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij