Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

ओलीले खोपीको ढुङ्गो बनाउने लक्षण देखाएपछि माधव नेपालले अताल्लिएर डाके बैठक

ओलीले खोपीको ढुङ्गो बनाउने लक्षण देखाएपछि माधव नेपालले अताल्लिएर डाके बैठक


  • 7.4K
    Shares

    ओलीले खोपीको ढुङ्गो बनाउने लक्षण देखाएपछि माधव नेपालले अताल्लिएर डाके बैठक

    काठमाडौँ । अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीबाट आफ्ना एकपछि अर्का नेतालाई कारबाही हुन थालेपछि त्यसको समीक्षा र आगामी रणनीति निर्माणका लागि नेकपा एमाले माधवकुमार नेपाल र झलनाथ खनाल पक्षको स्थायी कमिटी बैठक बस्दै छ ।

    शुक्रबार बिहान ११ बजे कलंकीस्थित मेघा बैङ्केटमा बैठक बस्न लागेको हो। यसअघि ओलीले नेता नेपाल र भीम रावललाई ६ महिनाका लागि निलम्बन गरेपपछि यो पक्षको स्थायी कमिटी बैठक सोही स्थानमा बसेको थियो ।

    बिहीबार ओलीले नेता घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई पनि ६ महिनाको निलम्बन गर्ने निर्णय गरेका छन् ।

    उनीहरुले पार्टी पार्टी विधान विपरीत काम गरेको आरोप ओलीले लगाएका छन् । स्रोतका अनुसार शुक्रबारको बैठकमा ओलीका कदम र आफ्ना आगामी बाटोहरुबारे नेताहरुले छलफल गर्नेछन् ।

    प्रकाशित मिति :चैत्र १९ २०७७ बिहिवार - १६:०४:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij