Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

ओलीले छ महिने कोर्रा हानेपछि घनश्यामको खुल्यो चेत, ओलीको खेदो खन्दै के-के लेखे ?

ओलीले छ महिने कोर्रा हानेपछि घनश्यामको खुल्यो चेत, ओलीको खेदो खन्दै के-के लेखे ?


  • 6.0K
    Shares

    ओलीले छ महिने कोर्रा हानेपछि घनश्यामको खुल्यो चेत, ओलीको खेदो खन्दै के-के लेखे ?

    काठमाडौं । नेकपा एमाले नेता घनश्याम भुसालले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई सत्ताभोगको तृष्णाले आफू र आफ्नो बाहेक केही नदेख्ने बनाएको बताएका छन् ।

    पार्टीले सोधेको स्पष्टिकरण चित्तबुझ्दो नभएको भन्दै बिहीबार अध्यक्ष ओलीले भुसाललाई ६ महिनाका लागि पार्टी सदस्यबाट निलम्बित गरेका छन् । घनश्याम ओली सरकारमा कृषी मन्त्री भइसकेका ब्यक्ती हुन्। 

    ओलीले निलम्बित गरेपछि भुसालले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, ‘असीमित सत्ताभोगको अतृप्त तृष्णाले कमरेड ओलीलाई ‘म’ र ‘मेरो’ बाहेक केही नदेख्ने बनाएको छ । ‘म बस्न नपाउने कुर्ची भाँची दिन्छु’, यो उनी आफैले कबुल गरेको जीवन दर्शन हो । एउटा धरै राम्रो पार्टीलाई उनले गुटमा बदलेका थिए, अहिले त्यो गुट राज्य दोहनमा लागेको गिरोहमा परिणत भएको छ ।’

    असीमित सत्ताभोगको अतृप्त तृष्णाले कमरेड ओलीलाई ‘म’ र ‘मेरो’ बाहेक केहि नदेख्ने बनाएको छ । ‘म बस्न नपाउने कुर्ची भाँची दिन्छु’, यो उनी आफैले कबुल गरेको जीवन दर्शन हो । एउटा धरै राम्रो पार्टीलाई उनले गुटमा बदलेका थिए, अहिले त्यो गुट राज्य दोहनमा लागेको गिरोहमा परिणत भएको छ ।

    नेता भुसालले ओलीको व्यक्तिवादी, दक्षिणपन्थी तथा बिसर्जनवादी ताण्डवलाई पराजित गरेर लोकतन्त्र र वामपन्थको ऋण तिर्ने पनि बताएका छन् ।

    ‘उनको व्यक्तिवादी, अवसरवादी, दक्षिणपन्थी तथा बिसर्जनवादी ताण्डवलाई पराजित गरेर हामीले लोकतन्त्र र वामपन्थको ऋण तिर्नेछौँ,’ भुसालले लेखेका छन्, ‘मेरो पार्टीको अध्यक्ष भएर उनले गरेका बर्बादीका लागि मैले दुनियाँसँग माफी माग्छु ।’

    प्रकाशित मिति :चैत्र १९ २०७७ बिहिवार - १५:०७:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij