२०८२ भाद्र १ गते आइतवार
काठमाडौं । नेकपा माओवादी केन्द्र भिमसेनथापा गाउँपालिका–काठमाडौं सम्पर्क समन्वय समितिको अध्यक्षमा प्रेम बराम निर्विरोध चयन भएका छन् ।
सम्पर्क समन्वय समितिको आयोजनामा गत शनिवार राजधानीको नयाँबजार स्थित सम्राट पार्टी प्यालेसमा सम्पन्न तेश्रो भेलाले बरामको नेतृत्वमा १९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो।
उक्त भेलाले समितिको उपाध्यक्षमा गणेश दुवाडी, सचिव नारायण लामिछाने, सह-सचिव पुष्पा भट्टराई र कोषाध्यक्षमा चन्डीका पाण्डेलाई चयन गरेको छ ।
यसैगरी सदस्यहरुमा क्रमशः कृष्ण किशोर भट्ट, डोल प्रसाद आचार्य, अमृत खनाल, रमेश सुर्खेती, रवि पोखरेल, सन्तोष वयलकोटी, कुमार श्रेष्ठ, विशाल दानकुटी, शेर बहादुर थापा, हिमलाल पाण्डे, सिर बहादुर दराइ, सविता तिमल्सीना, प्रचण्ड अमगाई र भरत श्रेष्ठ चयन भएका छन् ।
भेला आयोजक समितिका सभापति तथा पूर्व अध्यक्ष सुकुमार श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा राष्ट्रिय सभाका सदस्य एवम् नेकपा माओवादी केन्द्रका केद्रिय सदस्य तथा केन्द्रिय समन्वय समितिका सह-इन्चार्ज झक्कु प्रसाद सुवेदी प्रमुख अथितिको रुपमा उपस्थित थिए ।
कार्यक्रममा राष्ट्रिय सभाका सदस्य श्रीकृष्ण अधिकारी,गण्डकी प्रदेश सम्पर्क समन्वय समितिका इन्चार्ज राम प्रसाद भन्तना, गोरखा काठमाण्डौ सम्पर्क समन्वय समितिका इन्चार्ज मुक्ति पोखरेल, पूर्व राज्यमन्त्री छम बहादुर गुरुङ, केन्द्रिय निर्वाचन समितिका सदस्य स्थिर प्रसाद खनाल, भिमसेनथापा गाउँपालिकाका अध्यक्ष लोक प्रसाद बञ्जारा, भिमसेनथापा सम्पर्क समन्वय समितिका इन्चार्ज रामहरि श्रेष्ठ, नेकपा माओवादी केन्द्र भिमसेनथापा गाउँपालिकाका अध्यक्ष बिनोद पाण्डे लगाएतका प्रदेश, जिल्ला तथा स्थानीय नेताहरुको बाक्लो उपस्थिती रहेको थियो ।
उक्त कार्यक्रममा ४४ जना दाताहरुले रक्तदान समेत गरेका थिए।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij