Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

प्रदेश सरकार

बागमतीमा एमालेले टुङ्ग्यायो ६ मन्त्रीको नाम

बागमतीमा एमालेले टुङ्ग्यायो ६ मन्त्रीको नाम


  • 2.8K
    Shares

    बागमतीमा एमालेले टुङ्ग्यायो ६ मन्त्रीको नाम

    काठमाडौं । नेकपा एमालेले बागमती प्रदेश सरकारमा सहभागी हुने ६ मन्त्रीको नाम टुंगो लगाएको छ ।

    एमालेले काठमाडौंका प्रकाश श्रेष्ठ र अमन मास्के, ललितपुरका प्रेम भक्त महर्जन, भक्तपुरका किरण थापामगर, चितवनका कृष्ण सिलवाल र सिन्धुलीकी सुकमाया तामाङलाई मन्त्री बनाउन लागेको हो ।

    नाम टुंगो लागेका प्रकाश श्रेष्ठबाहेक सबै नयाँ अनुहार हुन् । प्रकाश यसअघि उद्योग, वाणिज्य, भूमि तथा प्रशासनमन्त्री थिए ।

    बागमतीमा कांग्रेस-एमाले गठबन्धनले आज नै मुख्यमन्त्रीका लागि दाबी पेस गर्दैछन् । गठबन्धनका तर्फबाट कांग्रेस संसदीय दलका नेता बहादुरसिं लामाले दाबी पेस गर्नेछन् ।

    निवर्तमान मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले राजीनामा दिएपछि नयाँ सरकार गठनको प्रक्रिया सुरु भएको हो ।मुख्यमन्त्री र मन्त्रीहरू आजै नियुक्त भए पनि शपथ भने बुधबारका लागि तय गरिएको छ ।

    कांग्रेसले मुख्यमन्त्री पाउने भएपछि बागमतीमा एमालेले भौतिक पूर्वाधार मन्त्रालय लिने सहमति भएको छ । यसअघि आर्थिक मामिला मन्त्री लिने सहमति भए पनि पुनस् मन्त्रालय साटफेर भएको हो ।

    प्रकाशित मिति :श्रावण ८ २०८१ मंगलवार - ११:३१:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij