Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

प्रधानमन्त्रीले छलछाम गरेर मान्छे भड्काएपछि सत्र करोडको आयोजना ढुस हुँदै, ओलीको अभिव्यक्ति धरापमा 

प्रधानमन्त्रीले छलछाम गरेर मान्छे भड्काएपछि सत्र करोडको आयोजना ढुस हुँदै, ओलीको अभिव्यक्ति धरापमा 


  • 6.8K
    Shares

    प्रधानमन्त्रीले छलछाम गरेर मान्छे भड्काएपछि सत्र करोडको आयोजना ढुस हुँदै, ओलीको अभिव्यक्ति धरापमा 

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्ला झापामा बायोग्यास प्लान्ट निर्माण भइरहेको छ । नगरबाट निस्किएको फोहोरमैला प्रशोधन गरी ग्यास उत्पादन गर्ने उद्देश्यले उक्त प्लान्ट निर्माण थालिएको हो।  बिर्तामोड, अर्जुनधारा र कनकाई नगरपालिकाबाट निस्किएको फोहोर व्यवस्थापन गर्नेगरी प्लान्ट निर्माण सुरु गरिएको हो ।

    कनकाई–बिर्ता–अर्जुन नवीकरणीय ऊर्जा तथा फोहोर मैला व्यवस्थापन लिमिटेडले कनकाई नगरपालिका–२ सुकेडाँगीमा निर्माण गरिरहेको बायोग्यास प्लान्ट ७ वैशाख २०७६ मा तत्कालीन अर्थमन्त्री डा।युवराज खतिवडाले तामझामका साथ शिलान्यास गरे ।

    सो प्लान्टका लागि तीनवटै नगरपालिकाले सहयोग गर्ने प्रतिबद्धतासहित सम्झौता गरे पनि सम्झौता कार्यान्वयन नहुँदा काममा ढिलाइ भएको कनकाई–बिर्ता–अर्जुन नवीकरणीय ऊर्जा तथा फोहोर मैला व्यवस्थापन लिमिटेडले जनाएको छ । सुरुमा तीनवटा नगरपालिकाले एक÷एक करोड रुपैयाँ दिने भने पनि सो रकम उपलब्ध नहुँदा निर्माण कार्यमा ढिलाइ भएको निर्माण कम्पनीको भनाइ छ ।

    पाइपलाइनबाट घरघरमा ग्यास पर्याउने अभिव्यक्ति सार्वजनिक रुपमै दिँदै आएका प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो अभियानलाई सहयोग पुग्ने देखेर पाँच करोड ६५ लाख रुपैयाँ कनकाई नगरपालिकामार्फत अनुदान दिने आश्वासनसमेत दिए । आर्थिक सहयोगको आश्वासन पाएपछि कम्पनीले हाललाई एक हजार दुई सय घरमा पाइपलाइन बिछ्याउने योजना बनायो तर आश्वासनअनुसारको रकम नआएपछि पाइपलाइन बिस्तारको काम अन्योलमा परेको कनकाई–बिर्ता–अर्जुननवीकरणीय ऊर्जा तथा फोहोर मैला व्यवस्थापन लिमिटेडका प्रबन्ध निर्देशक दीपक चापागाईले बताए ।

    ‘हामीले पाइपलाइनबाटै घरघरमा ग्यास पुर्याउने उने लक्ष्यका साथ काम अगाडि बढायौँ,’ प्रबन्ध निर्देशक चापागाईंले भने, ‘प्रधानमन्त्रीले दिन्छु भन्नुभएको रकम उपलब्ध नहुँदा हामी अन्योलमा परेका छौँ ।’ पाइपलाइन विस्तारमा ढिला हुने भए सिलिन्डरमार्फत भए पनि बायोग्यास बिक्री गरिने उनले बताए ।

    सो प्लान्टका लागि तीनवटै नगरपालिकाले सहयोग गर्ने प्रतिबद्धतासहित सम्झौता गरे पनि सम्झौता कार्यान्वयन नहुँदा काममा ढिलाइ भएको कनकाई–बिर्ता–अर्जुन नवीकरणीय ऊर्जा तथा फोहोर मैला व्यवस्थापन लिमिटेडले जनाएको छ । सुरुमा तीनवटा नगरपालिकाले एक÷एक करोड रुपैयाँ दिने भने पनि सो रकम उपलब्ध नहुँदा निर्माण कार्यमा ढिलाइ भएको निर्माण कम्पनीको भनाइ छ ।

    १६ करोड ६४ लाख रुपैयाँ अनुमानित लागतमा सम्पन्न गर्ने गरी तीन बिगाहा १० कठ्ठा क्षेत्रफलमा आयोजना निर्माण भईरहेको छ । हालसम्म लिमिटेडमा करिब ६ सय ५० जना  सदस्यबाट तीन करोड रुपैयाँ सेयर पुँजी जम्मा भएको छ । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रमार्फत विश्व बैंकले पाँच करोड ४८ लाख रुपैयाँ अनुदानस्वरुप उपलब्ध गराएको छ । कम्पनीले वित्तीय संस्थाबाट ५ करोड रुपैयाँ ऋण लिने जनाएको छ ।

    ‘प्रदेश सरकारले ५० लाख रुपैयाँ दिने भनेको थियो तर, कोरोना महामारीका कारण २५ लाखमात्र उपलब्ध भयो,’ प्रबन्ध निर्देशक चापागाईंले भने, ‘अर्जुनधारा नगरपालिकाले ५० लाख रुपैयाँ दिने भनेको छ । यो वर्ष १५ लाख रुपैयाँको सम्झौता हुन्छ ।’

    कनकाई नगरपालिकाले भौतिक संरचना निर्माणका लागि ५० लाख रुपैयाँ अनुदानस्वरुप उपलब्ध गराइसकेको बताउँदै प्रबन्ध निर्देशक चापागाईंले भने, ‘सबैभन्दा बढी फोहोरको समस्या बिर्तामोडमा छ तर, फोहोरमैला व्यवस्थापनको योजनामा बिर्तामोड नगरपालिका उदासिन देखियो ।’

    कनकाई नगरपालिका प्रमुख राजेन्द्र पोखरेल भने बायोग्यास प्लान्टलाई सहयोग गर्न तीनवटै नगरपालिकाले सहमति जनाएको बताउँछन् । ‘निर्माण कार्यमा सहयोग गर्ने सम्झौता भएको हो,’ उनले भने, ‘केही प्राविधिक समस्या छन्, तथापि सहयोग गर्न सकिन्छ ।’

    आयोजनाको कम्पाउन्ड वाल निर्माणमा १५ लाख रुपैयाँ सहयोग गरे पनि त्यस यता बिर्तामोडले कुनै सहयोग नगरेको उनको भनाइ छ ।

    तर बिर्तामोड नगरपालिकाका प्रमुख ध्रुवकुमार शिवाकोटीले आफूहरुले बायोग्यास प्लान्टलाई आर्थिक सहयोग गर्ने सम्झौता नगरेको बताए । ‘त्यो प्राइभेट कम्पनी हो, सेयर हाल्ने अधिकार छैन,’ उनले भने, ‘हामीले त्यस्तो सम्झौता पनि गरेका छैनौँ ।’ शिवाकोटी प्रधानमन्त्री ओलीका दाहिने व्यक्ति हुन्।

    प्रकाशित मिति :चैत्र १६ २०७७ सोमवार - १३:१७:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij