२०८२ भाद्र २ गते सोमवार
काठमाडौं । २०७५ फागुन २४ गते प्रधानमन्त्री केपी शर्मा ओलीले ११ बुंदे सम्झौता मार्फत शान्तिपूर्ण राजनीतिमा प्रवेश गराएका सीके राउतबिरुद्ध जिल्ला अदालत नवलपरासीले पक्राउ पूर्जी जारी गरेको छ ।
उनी बिरुद्ध अदालतले राज्य बिरुद्धको संगठन अपराध मुद्दामा पक्राउ पर्जी जारी गरेको हो। रौतहट महादेव गाउँपालिका वडा नम्बर २ घर भएका राउतको घर पत्ता नलागेको भन्दै अदालतले आज गोरखापत्रमा सूचना प्रकाशित गरेको छ ।
अदालतले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ५८ को उपदफा १३ बमोजिम सूचना प्रकाशित गरेको हो । सूचना प्रकाशित भएको बाटोको म्यादले ३५ दिनभित्र उनलाई अदालतमा उपस्थित हुन भनिएको छ । म्यादभित्र हाजिर हुन नआएमा कानुनी कारबाही गर्ने चेतावनी समेत दिइएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij