Logo

२०८२ फाल्गुण २४ गते आइतवार

२०८२ फाल्गुण २४ गते आइतवार

मुकुल ढकाललाई निलम्बन गर्ने रास्वपाको निर्णय, कबिन्द्र बुर्लाकाेटी कार्यबाहक महामन्त्री

मुकुल ढकाललाई निलम्बन गर्ने रास्वपाको निर्णय, कबिन्द्र बुर्लाकाेटी कार्यबाहक महामन्त्री


  • 3.0K
    Shares

    मुकुल ढकाललाई निलम्बन गर्ने रास्वपाको निर्णय, कबिन्द्र बुर्लाकाेटी कार्यबाहक महामन्त्री

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले महामन्त्री मुकुल ढकाललाई निलम्बन गर्ने निर्णय गरेको छ। पार्टी अनुशासन आयोगको सिफारिसमा बुधबार केन्द्रीय समितिको बैठकले ढकाललाई निलम्बन गरेको एक पदाधिकारीले जानकारी दिए। 

    कार्यवाहक महामन्त्रीको जिम्मेवारी सहमहामन्त्री कबिन्द्र बुर्लाकोटीलाई दिएको छ। महामन्त्री मुकुल ढकाललाई एक साताका लागि निलम्बन गर्ने निर्णय भएसँगै कार्यवाहक महामन्त्रीको जिम्मेवारी बुर्लाकोटीलाई दिइएको हो।  कार्यवाहक प्रवक्ताको जिम्मेवारी मनीष झालाई तोकिएको छ।

    पार्टी अनुशासन आयोगको सिफारिसमा बुधबार केन्द्रीय समितिको बैठकले महामन्त्री ढकाललाई एक साताका लागि निलम्बन गरेको हो। पार्टी अनुशासनविपरीतका गतिविधि गरेको र पार्टीका विरुद्धमा लागेको भन्दै ढकाललाई निलम्बन गर्ने निर्णय भएको एक रास्वपा नेताले बताए। अनुशासन आयोगको बैठकले ढकाललाई कारबाहीको लागि सिफारिस गरेपछि उनी निलम्बित भएका हुन्।

    महामन्त्री ढकाल बुधबारको बैठकमा मुखमा मास्क र कालो टेप लगाएर पुगेका थिए। बैठकमा बोल्ने ५२ मध्ये ५० केन्द्रीय सदस्यले महामन्त्री ढकालकाे विराेध गरेका थिए।

    प्रकाशित मिति :आषाढ २० २०८१ बिहिवार - ०५:०२:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij