२०८२ भाद्र २ गते सोमवार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आफूहरुको मागप्रति सकारात्मक रहेको जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले बताएका छन् । उनले मधेशको मुद्दामा प्रधानमन्त्री ओलीसँग सकारात्मक कुरा भएको बताए ।
शुक्रबार प्रदेश नम्बर २ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले आयोजना गरेको होली मिलन समारोह कार्यक्रममा अध्यक्ष ठाकुरले कतिपय मुद्दाहरु जिल्ला अदालत, कतिपय उच्च र कतिपय सर्वोच्चमा रहेकाले यस विषयमा महान्यायाधिवक्ताको कार्यालयसँग राय मागिएको जानकारी दिए ।
प्रधानमन्त्री ओलीले आफूहरुको मागलाई गम्भीरतापूर्वक लिएर केही कार्यहरु अगाडि समेत बढाइसकेको ठाकुरले बताए । प्रधानमन्त्रीसँग पटक–पटक भएका वार्ता सकारात्मक रहेकोले आफूहरुको माग सम्बोधन हुनेमा विश्वस्त रहेको उनले बताए ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij