२०८२ भाद्र २ गते सोमवार
काठमाडौँ । नेकपा एमाले खनाल-नेपाल समूहका स्थायी कमिटी सदस्यहरु राजधानीको मनमैजुमा छलफल गरिरहेका छन् ।
स्थायी कमिटीका एक सदस्यका अनुसार बिहान ११ बजेबाट धनबहादुर गुरुङको घरमा छलफल जारी छ ।
पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्माले सोधेको स्पष्टीकरणको जवाफलगायतका विषयमा छलफल भइरहेको उनले बताए ।
एमालेका महासचिव ईश्वर पोखरेलले पार्टी अनुशासन उल्लंघन गरेको भन्दै माधवकुमार नेपाल, सुरेन्द्र पाण्डे, भीम रावल र घनश्वाम भुसाललाई स्पष्टीकरण सोधेको थियो । त्यसको जवाफका लागि दिइएको तीन दिनको म्याद आज सकिँदैछ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij