Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

एमाले फुट्ने अन्तिम चरणमा ओलीले डेरा सार्न गरे यस्तो सम्झौता, वैशाख १ गतेलाई जुर्यो साईत 

एमाले फुट्ने अन्तिम चरणमा ओलीले डेरा सार्न गरे यस्तो सम्झौता, वैशाख १ गतेलाई जुर्यो साईत 


  • 6.8K
    Shares

    एमाले फुट्ने अन्तिम चरणमा ओलीले डेरा सार्न गरे यस्तो सम्झौता, वैशाख १ गतेलाई जुर्यो साईत 

    काठमाडौं । प्रधानमन्त्री केपी ओलीले थापाथली हाइटस्थित सन्जय अग्रवालको घरमा सर्न लागेको नेकपा (एमाले) को नयाँ पार्टी कार्यालय अवलोकन गरेका छन्। आफ्ना आर्थिक सल्लाहकार समेत रहेका सांसद मोतिलाल दुगडका नातेदार अग्रवालको घर मिलाउन लगाएका ओली आज त्यहाँ  पुगेका हुन्। 

    एमालेको केन्द्रीय कार्यालय वैशाख १ गतेबाट थापाथली सर्ने भए पछि आज ओली त्यसको रेखदेखका लागि पुगेको बताईएको छ ।

    थापाथलीस्थित नयाँ पार्टी कार्यालयको बुधबार प्रधानमन्त्रीले निरीक्षण गरेपछि सर्ने मिति घोषणा गरिएको हो।

    प्रधानमन्त्रीका विशेष आर्थिक सल्लाहकार दुगडले वैशाख १ गते पार्टी कार्यालय सर्ने बताए। उनले नयाँ कार्यालय ५ वर्षका लागि सम्झौता भएको जानकारी दिए।

    ‘वैशाख १ गतेबाट पार्टी कार्यालय सर्छ, त्यसका लागि हामीले ५ वर्षको एग्रिमेन्ट गरेका छौँ’, दुगडले भने।

    उनले आफूले घरधनी सञ्जय अग्रवाललाई चिनेका कारण कार्यलय सार्ने विषयमा पहलकदमी लिएको बताए।

    बल्खूस्थित आफैले बनाएको कार्यालय भवन ०७२ को भूकम्पले ढालेपछि पासाङ्ग ल्हामु प्रतिस्ठानको नाममा पर्यटन ब्यवसायी सोनाम र आङ्गछिरिङ्ग शेर्पाद्वारा निर्मित भवनमा पार्टीका काम सन्चालन हुँदै आएको थियो ।

    धुम्बाराहीको त्यही घर पनि चक्रपथ परिक्रमाको सडक बिस्तार भइरहेकोले आवत जावतमा समस्या देखिएपश्चात् पार्टी कार्यालय थापाथली हाइटको पुरानो युएन कार्यालय रहेको घरमा सर्न लागेको हो । उक्त भवन साढे २ तले र कोठा १३ वटा रहेको छ।

    प्रकाशित मिति :चैत्र ११ २०७७ बुधवार - १३:२३:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij