Logo

२०८२ फाल्गुण २४ गते आइतवार

२०८२ फाल्गुण २४ गते आइतवार

माधव नेपालको राजनीति सिध्याउन लागेका ओलीले १७–बुँदे स्पष्टीकरण सोध्दै पठाए ४ पाने पत्र

माधव नेपालको राजनीति सिध्याउन लागेका ओलीले १७–बुँदे स्पष्टीकरण सोध्दै पठाए ४ पाने पत्र


  • 8.3K
    Shares

    माधव नेपालको राजनीति सिध्याउन लागेका ओलीले १७–बुँदे स्पष्टीकरण सोध्दै पठाए ४ पाने पत्र

    माधव नेपाल संग अति नै चित्त दुखाएका एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी ओली नेपालको राजनीति सिध्याउन पछिल्ला दिन मा जोडजुलुमले लागेका छन्। 

    नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसहित ४ नेतालाई अध्यक्ष केपी शर्मा ओली पक्षले केन्द्रीय कमिटीका तर्फबाट स्पष्टीकरण मागेको छ।

    केन्द्रीय कमिटीको निर्णयअनुसार पार्टीको नीतिविपरीत गतिविधि गरेको आरोपमा वरिष्ठ नेता नेपालसहित उनी पक्षका भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई स्पष्टीकरणका लागि ओली पक्षले आज पत्र पठाएको हो।

    एमाले केन्द्रीय कार्यालयका सचिव ईश्वर रिजालले आज बिहान चारै नेतालाई पत्र पठाइएको जानकारी दिए। 

    रिजालले  भने, ‘एमालेको अनुशासनभन्दा बाहिर गएर सामानान्तर कमिटी निर्माण गरेको, भेलासहित अन्य गतिविधि गरेको विषयमा प्रश्न सोधिएकाे छ।’
    वरिष्ठ नेता नेपाललाई पठाइएको चार पृष्ठ लामो स्पष्टीकरणमा १७–बुँदे प्रश्नहरु सोधिएको स्रोतले जनाएको छ ।

    प्रकाशित मिति :चैत्र ९ २०७७ सोमवार - १२:३६:२८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij